अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:५६ | Colorodo: 12:11

आज बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

बिआरटीनेपाल २०७७ साउन ११ गते ७:११ मा प्रकाशित

देशभरमा आज सामन्यतया बदलीसहित केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुमान गरेको छ । मनसुनी वायु तथा मनसुनी न्यून चापीय रेखाको प्रभावका कारण बदली तथा वर्षा हुने भएको हो ।

विगत केही दिनको तुलनामा मनसुन केही कमजोर भए पनि निष्क्रिय नरहेको मौसमविद शान्ति कँडेलले बताउनुभयो । पूर्वदेखि पश्चिमका विभिन्न स्थानमा राति बदली तथा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उहाँको भनाइ छ ।

विगतका दिन भन्दा आज पानीको मात्रा कम भए पनि भोलि साँझदेखि पुनः मौसम सक्रिय हुने र दुईतीन दिन ठूलो झरी पर्ने महाशाखाले जनाएको छ । देशभरका नदीमा पानीको बहाव बढ्ने, पहिरो तथा बाढीको जोखिम हुने भएकाले सचेत हुनुपर्ने मौसमविद् कँडेलले बताउनुभयो ।

प्रतिक्रिया