अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:२६ | Colorodo: 06:41

कोभिड–१९ का कारण विश्वभर ४ लाख ६७ हजार ४ सय १८ को मृत्यु, ८९ लाख ५३ हजार २ सय ५० संक्रमित

बिआरटीनेपाल २०७७ असार ७ गते ७:५५ मा प्रकाशित

महामारीको रुपमा फैलिईरहेको कोरोना भाइरस (कोभिड–१९ ) का कारण विश्वभर ४ लाख ६७ हजार ४ सय १८ जनाको मृत्यु भएको छ । पछिल्लो अपडेट अनुसार कोरोनाबाट ८९ लाख ५३ हजार २ सय ५० जना संक्रमित भएका छन् । कोरोना संक्रमित ४७ लाख ६५ हजार ५ सय ९२ जना उपचारपछि निको भएका छन्। कोरोना संक्रमित ५४ हजार ६ सय ४६ जनाको स्वास्थ्य अवस्था गम्भिर रहेको छ ।

कोरोना संक्रमणका अमेरिकामा १ लाख २२ हजार ३, इटालीमा ३४ हजार ६ सय १० , स्पेनमा २८ हजार ३ सय २२ , फ्रान्समा २९ हजार ६ सय ३३, बेलायतमा ४२ हजार ५ सय ८९ जनाको मृत्यु भएको छ । यसैगरी इरानमा ९ हजार ६ सय २३, जर्मनीमा ८ हजार ९ सय ६१ , बेल्जियममा ९ हजार ६ सय ९६, ब्राजिलमा ५० हजार ५८, रसियामा ८ हजार १ सय ११ र क्यानडामा ८ हजार ४ सय १० जनाको ज्यान गएको छ।ल

कोरोना संक्रमणका कारण भारतमा १३ हजार ३ सय ४७, पाकिस्तानमा ३ हजार ५ सय १, बंगलादेशमा १ हजार ४ सय ६४ जनाको ज्यान गएको छ । अफगानिस्तानमा ५ सय ८१ , श्रीलंकामा ११ र माल्दिभ्स्मा ८ जनाको मृत्यु भएको छ । सार्क मुलुक भुटानमा ६८ जनामा भाईरसको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू