अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:१६ | Colorodo: 06:31

हयाप्पि बर्थ डे

डा. किशोर सापकोटा ‘मणि’ २०७७ असार १ गते १०:०९ मा प्रकाशित

(प्यारो छोरा केभिनको नवौँ जन्म दिनको उपलक्ष्यमा कोरेका यी अक्षरहरू ।)

हयाप्पि वर्थ डे प्रिय तिमीलाई शुभकामना,
जन्म दिनको धेरै धेरै, यही छ कामना ।
सयौँ सयौँ वर्ष तिमी, बाँचिरहनू,
सधैँ खुसी, सुखी भई, हाँसिरहनू ।१।

प्रत्येक दिन तिम्रा लागी, मणि जस्तै होओस्,
आजको दिन त झनै विशेष, उल्लासमय बनोस् ।
तिम्रो प्रकाशले अरूलाई नि, बाटो देखाइदिनु,
देशको तारा बनी, इतिहासमा नाम लेखाइदिनु ।२।

वसन्त रितु जस्तै, सबैको प्रिय हुनू,
मिहिनेत गर्दै सफलताको, सिधै शिखर छुनू ।
फुलको जस्तै वासना बनी, सबैका मनमा छाउनू,
दुख पिडा बिर्साइदिने, मलम बनी आउनू । ३।

नदी जस्तो स्वच्छ मन, शान्त बगर,
उमेर बढ्यो भनेर, चिन्ता नगर ।
जति उमेर बढ्दै जान्छ, अनुभव नि बढ्छ,
घोडा नचढ्ने मान्छे, कहाँ पाएर लड्छ ।४।

सूर्य जस्तो तेज तिम्रो, पूर्ण चन्द्र दाहिने,
हाम्रो लक्ष पुरा गर्न, तिम्रै साथ चाहिने ।
तिमी कति मिलनसार, अति साह्रै ज्ञानी
तिम्रा बाबा, आमा हेर कति भाग्यमानी ।५।

माता, पिता, भगवान् गुरुजन मित्र,
सबैलाई आदर गर्नु, सफलताको सूत्र ।
दिमागमा सधैँ भरि, सकारात्मक कुरा,
अटल आस्था राखेपछि, लक्ष सधैँ पुरा ।६।

असफलताले कहिल्यै तिम्रो, बाटो काट्ने छैन,
तिमी सँग टक्कर लिन, कोही आँट्ने छैन ।
आफ्नो लागी मात्र होइन, अरूको लागी बाँच्नुपर्छ,
तिम्रो साथ पाएर, दिन दुखी हाँस्नुपर्छ ।७।

शुक्ल पक्ष, पूर्ण चन्द्र, धरतीमा आयौ,
दुख कष्ट हरण गरी, खुसी, सुख ल्यायौ ।
अन्धकार तिम्रो घरमा, झलमल्ल ल्यायौ,
अपूर्ण त्यो परिवारलाई, पूर्णता बनायौ ।८।

तिम्रा सबै सपनाहरू, साकार हुने छन्,
तिम्रा सबै योजनाले, आकार लिनेछन् ।
परिश्रमको मिठो फल, सधैँ टिप्ने छौ,
जस्लाइ जहाँ भेटे पनि, मनै जित्ने छौ ।९।

केश फुलेर सेतै भएनी, कहिल्यै फल्दैन,
तिमीलाई हाम्रो माया, कहिल्यै ढल्दैन ।
केक जस्तै माधुर्य होस तिम्रो जीवन,
मैन जस्तै प्रकाश दिने होस तिम्रो जीवन ।१०।

मुखले मिठो बोल्नलाई, गाह्रो छैन कत्ति
पैसा भए राम्रा सामान, आँउछन चाहिए जत्ति ।
तिम्रो साथ पाउन भने, मुस्किल पर्छ अति,
तिमी जस्ता असल मान्छे जन्मिँदैनन् त्यति ।११।

?

प्रतिक्रिया