अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:५० | Colorodo: 18:05

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको लकडाउन विशेष संस्मरण लेखन प्रतियोगिताको सूचना:

बिआरटीनेपाल २०७७ जेठ २२ गते १३:२३ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको तत्वावधानमा विश्वव्यापी रुपमा फैलिएको काेराेना (काेभिड-१९)का कारण सर्जकले भाेग्नु परेकाे लकडाउन र यससंग सम्बन्धित विषयमा खुल्ला “संस्मरण लेखन विश्वव्यापी प्रतियोगिता” को आयोजना गर्ने कुरा जानकारी गराइन्छ ।

संस्मरणकाे विषय सन्दर्भ: “लकडाउन अनुभूति” संस्मरण लेखन रहने छ । प्रतियोगितामा भाग लिन रचना पठाउने नियम यसप्रकार छन् :

१.आफ्नाे रचना तथा संस्मरण इमेल मार्फत पठाउनुपर्नेछ ।
२.रचना टाइप गरेको हुनुपर्नेछ ।
३.रचना तथा अालेख अप्रकाशित र बढीमा २००० शब्दको हुनुपर्नेछ ।
४.कुनै पनि राजनैतिक पूर्वाग्रह र गालीगलौज, साम्प्रदायिक भावनालाई प्रोत्साहित गर्ने विचारहरू र अश्लील शब्दको प्रयोग गरिएको पाइएमा लेख/रचना स्वत: अस्वीकृत हुनेछ ।

५. एकजना सर्जककाे एउटा मात्र लेख प्रतियोगितामा समावेश गरिने छ । एकभन्दा बढी आएमा स्वतः रचना रद्द हुनेछ ।
६.रचना/संस्मरण कान्तिपुर, प्रीति वा मङ्गल फन्टमा मात्र पठाउनुपर्नेछ ।
७.रचना विषय केन्द्रीत नितान्त नयाँ र मौलिक हुनुपर्नेछ । स्रष्टाले आफ्नो संस्मरणका साथमा आफ्नो छोटो परिचय, पासपोर्ट साइजको फोटो र सम्पर्क ठेगाना पनि पठाउनुपर्नेछ ।

८.प्रतियोगिताका लागि प्राप्त रचना कुनै पनि साहित्यिक सन्जालहरूमा सम्प्रेषण भएको वा पत्रपत्रिकामा पूर्वप्रकाशित भएको पाइएमा स्वत: अस्विकृत गरिनेछ ।
९.प्रतियोगिताका लागि प्राप्त रचनाकाे भाव, भाषा, शैली र घटनाहरु एउटै पृष्ठभूमिकाे पाइएमा वा अरूसंग कसैको संस्मरणकाे अंश मिल्न गएमा या नक्कल गरिएको पाइएमा स्वत: अस्विकृत हुनेछ ।
१०.प्रतियोगिताको निर्णयमा कुनै पनि विवाद आएमा अन्तिम निर्णय अायोजकको रहने छ ।
११.संस्मरणात्मक रचना प्राप्त हुनुपर्ने अन्तिम मिति २०७७ साउन मसान्तसम्म हुनेछ ।

१३.पुरस्कार :
प्रथम -रू.३०,०००/- ( रू.तीस हजार)
द्वितीय -रू.२०,०००/- (रू.बीस हजार)र
तृतीय -रू.१०,०००/- (रू.दस हजार) रहने छ ।

१४.पुरस्कारको निर्णयअघि उत्कृष्ट २५ रचनाहरुकाे को सूची तयार गरिनेछ । उत्कृष्ट सूचीमा परेका रचनाहरु निर्णायक मण्डलले संकेतात्मक (काेडिङ्ग)का आधारमा अध्ययन गरी नतिजा सार्वजनिक गरिने छ ।

१५.यस प्रतियोगितामा समावेश उत्कृष्ट संस्मरणहरुसहित सङ्ग्रह प्रकाशित गरिनेछ ।

सम्पर्क :
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालकाे सचिवालय
Email: inlslockdownmemirise@gmail.com

सम्पर्क :
सन्ध्या पहाडी -९८४१८०३७१५
ऋषभदेव घिमिरे-९८५१२२११८९

प्रतिक्रिया