अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:४९ | Colorodo: 03:04

संविधान संशोधनका लागि राजपाको अलग्गै प्रस्ताव, संसद सचिवालयले निजी विधेयक दर्ता गरेन

बिआरटीनेपाल २०७७ जेठ १५ गते २१:४३ मा प्रकाशित

राष्ट्रिय जनता पार्टी नेपालले संविधान संशोधनका लागि अलग्गै प्रस्ताव तयार पारेको छ । राजपाका संसदीय दलका नेता महन्थ ठाकुरले निजी विधेयकका रुपमा दर्ता गर्न खोजेको संविधान संशोधनको उक्त प्रस्ताव संसद सचिवालयमा दर्ता गर्न अस्वीकार गरिदिएको छ ।

गैरसरकारी विधेयकका रूपमा संविधान संशोधन विधेयक दर्ता गराउन ठाकुरसहितका नेताहरु शुक्रबार दिउँसो सिंहदरबारस्थित सचिवालय पुगेका थिए । यद्यपि, राजपासँग पार्टी एकता गरेको समाजवादी पार्टीका नेताहरू भने संसद सचिवालय गएनन् । संसद सचिवालयले विधेयक दर्ता नहुनुको कारण नखुलाए पनि संविधान संशोधन जस्तो विषय निजी विधेयकका रुपमा दर्ता गर्न नमिल्ने सचिवालयका अधिकारीहरुले बताएका छन् ।

राजपाले लगेको संविधान संशोधनको प्रस्तावमा भाषा, वैवाहिक अंगीकृत नागरिकता, प्रदेश सिमांकन र राष्ट्रिय सभामा प्रतिनिधि छान्ने विषय समावेश गरिएका छन् । संविधान घोषणा हुँदैदेखि आफ्ना माग नसमेटिएको भन्दै संविधान संशोधनका पक्षमा उभिएका मधेश केन्द्रित दलहरु सरकारले निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न लागेपछि आफ्ना माग पनि सम्बोधन गर्नुपर्ने अडानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू