अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:२२ | Colorodo: 02:37

राप्रपाका नेता सुवेदीको अमेरिकाको डालसमा निधन

बिआरटीनेपाल २०७६ चैत २२ गते २२:२४ मा प्रकाशित

राप्रपाका पूर्व मुख्यसचिव तथा सह कोषाध्यक्ष विश्वेश्वर शर्मा सुवेदीको अमेरिकाको डालसमा आज निधन भएको छ । ६५ वर्षका शर्मा लामो समयदेखि मधुमेह रोगबाट ग्रस्त थिए । उक्त जानकारी राप्रपा नेता मोहन श्रेष्ठले दिएका हुन ।  तत्कालीन राप्रपा नेपालमा मुख्यसचिवको भूमिका निर्वाह गरेका सुवेदी राप्रपाको पूर्व सह कोषाध्यक्ष थिए । लामो समय निजामती सेवामा रहेका सुवेदी सेवा निवृत्त भएपछि राप्रपामा क्रियाशील रहेका थिए ।

निजामती सेवामा रहँदा सुवेदीले लामो समय स्थानीय विकास मन्त्रालय र राप्रपा अध्यक्ष कमल थापा विभिन्न समयमा सरकारमा रहँदा उहाँको निजी सचिवालयमा रहेर काम गरेका थिए । राप्रपा अध्यक्ष थापाले आफ्नो जीवनको आरोह अवरोहको अभिन्न सहकर्मी गुमाएको भन्दै श्रद्धाञ्जली व्यक्त गरेका छन् । स्वर्गीय सुवेदीका एक श्रीमती र दुई छोरा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू