अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:४२ | Colorodo: 08:57

अमेरिकामा कोरोना भाइरस महामारी– संक्रमण तीव्र, मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

बिआरटीनेपाल २०७६ चैत १२ गते २२:२३ मा प्रकाशित

अमेरिकामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या बुधबार अहिलेसम्मकै उच्च भएको छ। अमेरिकाका विभिन्न राज्यमा गरेर बुधबार एकै दिन दुई सयजना भन्दा बढीको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा २४७ जनाको ज्यान गएसँगै अमेरिकामा कोभिड–१९ का कारण ज्यान गुमाउनेको संख्या एक हजार नाघेको छ ।

हालसम्म अमेरिकामा कोरोना भाइरसका कारण एक हजार २७ जनाको मृत्यु भएको छ । अहिले संक्रमण दर पनि अरु देशमा भन्दा अमेरिकामा बढी छ । पछिल्लो २४ घण्टामा थप १३ हजार ३४७ जनामा संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ६८ हजार २०३ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू