अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०३:२७ | Colorodo: 15:42

अमेरिकाको न्युयोर्कमा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु

बिआरटीनेपाल २०७६ चैत ११ गते ९:३४ मा प्रकाशित

न्यु योर्क । कोरोना भाइरसको संक्रमणबाट न्यु योर्कमा एक नेपालीको मृत्यु भएको छ । अनिल सुब्बा नाम गरेका उनको न्यु योर्कस्थित एल्महर्ष्ट (Elmhurst Hospital) अस्पतालमा मृत्यु भएको हो । उनी कोरोना भाइरस सङ्क्रमणका कारण अमेरिकामा मृत्यु हुने पहिलो नेपाली हुन् । पाँचथरको रानी गाउँका सुब्बा १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै आएका थिए । स्थानीय समय अनुसार आज बिहान उनको उपचारका क्रममा मृत्यु भएको हो । यस अघि उनमा डायबिटिज र हाई ब्लड प्रेसरको समस्या थियो । कोरोना भाइरसको सङ्क्रमणपछि उनलाई शुक्रबार देखी एल्महर्ष्ट अस्पतालमा भर्ना गरिएको थियो । उनीसँगै यो भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या अमेरिकामा कम्तीमा ७ सय ९९ पुगेको छ ।

अनिल बाहेक अन्य कम्तीमा एक जना नेपालीको अवस्था नाजुक रहेको छ । उनी एल्महर्ष्ट अस्पतालको आइसियूमा छन् । नेपाली समुदायका अगुवाहरूका अनुसार न्यु योर्क सिटीमा मात्र कम्तीमा आधा दर्जन नेपाली कोरोना भाइरसको सङ्क्रमणमा परेका छन् ।

मृतक अनिल नेपाली समाज अमेरिकाका केन्द्रीय सदस्य हुन् । उनी करिब १५ वर्षदेखि ट्याक्सी चालकका रूपमा काम गरिरहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू