अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२१ | Colorodo: 21:36

पार्कर खेलाडी दिनेशले बनाए अमेरिकामा चौथो विश्व कीर्तिमान

बिआरटीनेपाल २०७६ माघ ११ गते ६:४५ मा प्रकाशित

नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा पार्कर खेल मार्फत चौथोपटक विश्व कीर्तिमान राख्नुभएको छ । उहाँले ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा १ घण्टामा ४ सय ६० पटक ब्याकवार्ड समरसल्ट हानेर नयाँ कीर्तिमान बनाउनुभएको हो । अमेरिकामा रेकर्ड पूरा गरेको एक हप्तापछि उहाँले प्रमाणपत्र प्राप्त गर्नुभएको छ । सन् २०४८ सालमा खोटाङको राजापानीमा जन्मिएका दिनेशले यसअघि तीन विश्व कीर्तिमान राख्नुभएको थियो ।

पहिलो किर्तिमान ‘मस्ट ट्विस्टिङ ब्याक फ्लिप्स अफ द वाल इन वन मिनट’ मा, दोस्रो कीर्तिमान ‘दि मस्ट ब्याकवार्ड समरसल्ट वाल इन ३० सेकेन्ड’ मा र आफ्नो दोस्रो कीर्तिमानीलाई तोड्दै ‘द मस्ट ब्याकफूल ३६० वाल इन ३० सेकेन्ड’ को तेस्रो रेकर्ड बनाउनुभएको थियो । हाल सुनार अमेरिकाज गट ट्यालेन्टमा भाग लिन अमेरिकामा रहनुभएको छ ।

प्रतिक्रिया