अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:२१ | Colorodo: 00:36

अमेरिकामा भारत विरुद्ध प्रदर्शन आइतबार हुँदै

बिआरटीनेपाल २०७६ मंसिर २३ गते ८:०५ मा प्रकाशित

डी सी । अमेरिकामा बसोबास गर्ने नेपाली समुदायले भारतीय दूतावास अगाडि विरोध प्रदर्शन गर्ने भएको छ । उनीहरूले भारतले नेपालको लिपु लेक, कालापानी, लिम्पियाधरा, सुस्ता लगायतका सीमा क्षेत्रमा पर्ने भूभाग मिचेको विरोधमा प्रदर्शन गर्ने भएको हो । प्रदर्शन १५ डिसेम्बर २०१९ बिहान १० बजेदेखि वासिङ्टन डिसी स्थित भारतीय दूतावास अघि हुने छ ।

विरोध प्रदर्शन लाफायात पार्कदेखि सुरु हुने छ । विरोध प्रदर्शनमा सहभागी हुने नेपाली समुदायको जमात त्यहाँबाट भारतीय दूतावास पुग्ने छ । ‘नेपलिज फर नेपाल्स टेरिटोरियल इन्टेग्रिटी’ नारा दिइएको उक्त विरोध प्रदर्शनमा सहभागी हुन नेपाली समुदायले सबैलाई आह्वान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू