अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

अनेसास जापान च्याप्टरको ११ औँ अधिवेशन सम्पन्न, अध्यक्षमा गिरिजा गैरे

बिआरटीनेपाल २०७६ मंसिर १९ गते ८:०९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज जापान च्याप्टरको ११ औ अधिवेशन तथा ५३ साहित्यिक शृङ्खला भब्यरूपले सम्पन्न भएको छ ।

अनेसास जापानको ११ औ अधिवेशनले अध्यक्षमा गिरिजा गैरे, उपाध्यक्षमा अरुण पौडेल र हेमन्त गिरि र महिला उपाध्यक्षमा सुमित गिरीलाई चयन गरेको छ भने महासचिवमा रविन शर्मा, सचिवमा ध्रुव बन्जाडे, सह-सचिवमा सविना रेग्मी र कोषाध्यक्षमा आनन्द अधिकारीलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमा मीनराज बास्तोला, दीपा घिमिरे, प्रकृति फुयाँल, शरद पोख्रेल, के.बि. पारखी,मञ्जु गिरी वन, सङ्गीता कुँवर, सुमन प्रतिबिम्ब, रमेश लामिछाने र अनिल कुमार ‘निर्दोष’ रहेका छन् ।

कार्यक्रममा अनेसासको नियमित साहित्यक प्रकाशन साकुरा फुल्दाकाे सामुहिकरूपमा विमोचन गरिएको थियो । अनेसासले ११ औँ अधिवेशन सँगै आफ्नो नियमित रूपमा श्रृङखलाबद्ध गर्दै आएको कवि गोष्ठी तथा ५३ औँ साहित्य श्रृङखला पनि सम्पन्न गरेको छ । साहित्यिक प्रकाशनमाथि समीक्षात्मक मन्तव्यद्वारा प्रकाश पार्दै अनेसासका पूर्व अध्यक्ष आलोक चालिसेले साकुरा फुल्दा साहित्यिक कृतिमा दुइदर्जन कविका सिर्जना समेटिएको र त्यसमध्ये ११ वटा गजल, दुई वटा नियात्रासँगै मनोविज्ञान र साहित्यलाई पनि सुन्दर ढङ्गले प्रस्तुत गरिएको तथा गद्य कवितालाई पनि स्थान दिएको धारणा राखेका थिए ।

कार्यक्रममा अनेसास जापानका संस्थापक अध्यक्ष तथा पूर्व केन्द्रीय अध्यक्ष डा. कुमार बस्नेत, अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माइला, अनेसास जापानका अध्यक्ष विष्णु प्रसाद घिमिरे, एनआरएनए कोषाध्यक्ष महेश कुमार श्रेष्ठ ,एनआरएनए जापानका वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, पत्रकार महासङ्घ जापान शाखाका अध्यक्ष मोहन घले, एनआरएनए पूर्व प्रवक्ता भूषण घिमिरे समाजसेवी पदमसिंह ठगुन्ना, राजेन्द्र जमरकट्टेल, डा. विजय ज्ञवाली लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक तथा अनेसास जापानका संरक्षक तथा पूर्व अध्यक्ष बेलुकाजी थापाले नयाँ कार्यसमितिको घोषणा गर्दै जापान भरीकै संघसंस्थाहरुमध्ये अनेसास मात्रै त्यस्तो संस्था रहेको जसले आपसी प्रेम,भाइचारा,समझदारी र पारिवारिक वातावरणमा हुर्किन र फुल्न पाउने बताए । थापाले साहित्यमा कलम चलाउनेले आफ्नै मनको कुरा लेख्न सक्ने हुँदा आत्महत्या नगर्ने पनि जिकिर गरे ।

त्यस्तै डा. विजय ज्ञवालीले थापाको भनाइप्रति इङ्गित गर्दै मनभित्रबाट प्रस्फुटन हुने साहित्यले आत्महत्यालाई निरुत्साहित पार्ने बताए । समाजसेवी पदमसिंह ठगुन्नाले साहित्यको सीमा नहुने भन्दै सिक्किम, दार्जिलिङमा पनि नेपाली भाषीहरूको नेपाली भाषा साहित्य प्रतिको प्रेमको खुलेर प्रशंसा गरे। नव निर्वाचित कार्यसमितिलाई शुभकामना तथा दिँदै बधाई दिँदै अधिकांश वक्तहरुले नेपाली भाषा साहित्यमा अनेसास जापानको क्रियाशीलताप्रति मुक्तकण्ठले प्रशंसा गर्दै नेपाली भाषा साहित्यलाई माया गर्न सुझाए ।

अनेसास केन्द्रका वरिष्ठ उपाध्यक्ष प्रकाश पौडेल माईलाले अनेसासको तेस्रो अन्तर्राष्ट्रिय च्याप्टर सम्मेलन २०२० जनवरी ११र १२ तारिखका दिन टोकियोमा हुने कुरा जानकारी दिनु भयो

कार्यक्रममा सर्जकहरू मीनराज बास्तोला, सेवक पिसी, अरुण पौडेल सुमित गिरी,ध्रुव बन्जाडे, हेमन्त गिरी, दीपा घिमिरे, ज्वाला सङ्ग्रौला, इसु सुबेदी ,श्रवण सत्याल, अनिलकुमार निर्दोष, नेत्र पाण्डे, रमेश लामिछाने, रामहरि खपाङगी मगर, सरिता ढकाल, गिरिजा गैरे, के. बि पारखी, दीपक नेपाल लगायतले समय सान्दर्भिक रचना वाचन गरेका थिए ।

महासचिव अरुण पौडेलले ५३ औँ श्रृङखला सम्म आईपुग्दाका कार्य विवरण प्रस्तुत गर्नुभएको कार्यक्रम निवर्तमान अध्यक्ष दीप पाठकको सभापतित्व, उपाध्यक्ष श्रवण सत्यालको स्वागत मन्तव्य र सचिव रविन शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू