अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:३४ | Colorodo: 03:49

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको ८० करोड पाँच लाखको बजेट पारित

बिआरटीनेपाल २०७६ कार्तिक ५ गते ९:११ मा प्रकाशित

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो बैठकले ८० करोड पाँच लाख रुपैयाँ बराबरको बजेट पारित गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले गत वर्षभन्दा १६ करोड बढी रकम सहितको बजेट पारित गरेको हो । जसमा १२ करोड रुपैयाँको उपकरण खरिद गर्नेगरी बजेट पारित गरिएको छ ।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवको अध्यक्षतामा बसेको बैठकमा प्रतिष्ठानका १३ एजेन्डाहरुसमेत प्रस्तुत गरिएको थियो । २०७२ सालमा पश्चिमाअञ्चल क्षेत्रीय अस्पताल विकास समिति खारेज भई प्रतिष्ठान स्थापना गरिएको थियो । प्रतिष्ठानले ३५ करोड लागतमा २०० शैयाको प्रसूति तथा बालरोग अस्पताल निर्माण सुरु गरेको छ । बैठकले अस्पताल निर्माण सम्पन्न गर्न ६ महिनाको समय थप गरेको छ ।

नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानले यही वर्षदेखि ‘पोस्ट ग्राजुएसन’को कक्षापनि सन्चालन गराउन १७ सिटको अनुमति दिएको बैठकमा जानकारी दिईएको थियो । जसमा एनेस्थेसिया, मेडिसिन, प्रसूति, बालरोग, शल्यक्रिया र हाड्जोर्नीसम्बन्धी विषयहरु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू