अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:०० | Colorodo: 08:15

बालवालिकालाई भिटामिन ए र जुकाको औषधी खवाईयो

बिआरटीनेपाल २०७६ कार्तिक ३ गते ९:३३ मा प्रकाशित

राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्र्तगत आज र भोली देशभरका बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाईएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय र सहकार्यमा देशका सबै स्थानीय तहमा २ दिनका लागि यो कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रमअन्तर्गत जन्मेको ६ महिनादेखि पाँच वर्षसम्मका करिब २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल, एक वर्षदेखि पाँच वर्षमुनिका २४ लाख बालबालिकालाई जुकाको औषधि, ६ महिनादेखि दुई बर्षभित्रका चार लाख बालबालिकालाई बालभिटा र पाँच वर्षमुनिका २७ लाख बालबालिकाको पाखुराको नाप लिईएको छ ।

बालबालिकाको पोषणको स्थिति पत्ता लगाउन पाखुराको नाप लिइने गरिन्छ । स्वास्थ्य सेवा विभाग, पोषण शाखाका अनुसार भिटामिन ए कार्यक्रमका लागि ७५३ वटै पालिकाका ५२ हजार बुथमा आवश्यक स्वास्थ्यकर्मी परिचालन भएका थिए ।

सन् १९९३ देखि भिटामिन ‘ए’ कार्यक्रम सुरुवात भएको थियो । विगत २६ वर्षमा कार्यक्रमले सकारात्मक प्रभाव परेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू