अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१८ | Colorodo: 21:33

सुनको मूल्य घट्यो

बिआरटीनेपाल २०७६ असोज २९ गते ८:२१ मा प्रकाशित

निकै उतार चढावका बीच कारोबार हुँदै आएको सुनको मूल्य केही घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाला सुनको मूल्य प्रतितोला सय घटेर ७० हजार ६ सय कायम भएको हो ।

सोमबारको तुलनामा मङ्गलबार भने सुनको मूल्य तोलामा सात सय रुपैयाँ वृद्धि भएको थियो । त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला सय घटेको छ ।तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार तीन सय निर्धारण गरिएको महासङ्घले जनाएको छ । यस्तै चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ ।

चाँदी प्रतितोला दश रुपैयाँ घटेर तोलाको ८ सय ५० मा खरीद बिक्री भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू