अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५५ | Colorodo: 19:10

अंग्रेजीको ‘यू’ को लोभ मान्दा बालाई तपाईँ भन्न गाह्रो भो – प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असोज २८ गते ७:५६ मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले पश्चिमा संस्कृतिको अनुकरण गरेर संचारमाध्यम र संचारकर्मीले आफ्नो शिष्टता र मर्यादा बिर्सेको भन्दै असन्तुष्टि जनाउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको दोश्रो चीन र दक्षिण एसिया साहित्य सम्मेलनको उद्घाटन समारोहमा प्रधानमन्त्री ओलीले सञ्चारमाध्यममा प्रयोग भएका भाषाका सम्बन्धमा असन्तुष्टि जनाउनुभयो । उनले भन्नुभयोे, ‘अंग्रेजीको यू भन्ने शब्दको लोभ लागेर अचेल बालाई तपाईँ भन्न बिर्सिए ।’

प्रधानमन्त्री ओलीले भाषा र संस्कृति नबिर्सन पनि सवैलाई सचेत गराउनुभएको छ । विकसित मुलुकको संस्कृति देखासिकी गर्ने परिपार्टीले नेपाली भाषा, संस्कृति र मर्यादालाई नयाँ पुस्ताले बिर्सँदै गएको उहाको भनाई थियो । विशेष गरेर सामाजिक सञ्जाल र संचारक्षेत्रमा प्रयोग भएका भाषा प्रति प्रधानमन्त्रीले गम्भीर असन्तुष्टि जनाउनुएको हो ।

दक्षिण एसियाका कतिपय देशहरुमा जनताको सार्वभौम सत्ता खोसिएको, कुण्ठित वा मृत अवस्थामा रहेको, बलको आधारमा शासन सत्ता सञ्चालन गर्ने प्रवृत्ति देखिएको तथा केहीले लोकतान्त्रिक व्यवस्था अबलम्बन गरी राजनितिक, आर्थिक अवस्था सुदृढ गर्दे विकासको बाटोमा सुपर पावरको अवस्थामा रहेको प्रधानमन्त्री ओलीको भनाई थियो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू