अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

साउथ कोरियाली चर्चित पपस्टार सलीको मृत्यु

बिआरटीनेपाल २०७६ असोज २७ गते ८:३४ मा प्रकाशित

साउथ कोरियन गर्ल ग्रुप ‘एफएक्स’की सदस्य सली सोमबार मृत अवस्थामा भेटिएकी छिन् । साइबर बदमासीको विरुद्ध आवाज उठाउँदै आइरहेकी उनको मृत शरीर सोमबार सोंगनामस्थित उनकै घरमा भेटिएको कोरियन पुलिसले बताएको छ ।

सलीको नामबाट चर्चित २५ वर्षिय पपस्टारको वास्तविक नाम छोई जीन रि रहेको छ । त्यसको एक रातअघि कुरा गरेपश्चात सम्पर्कमा नआएपछि उनका म्यानेजर सलीको घर गएको प्रहरीले जानकारी दिएको छ । कोरियामा चर्चित पपस्टार थुपै्र प्रकारको मानसिक पीडासँग जुझिरहेको बताइएको छ ।

उनी २००९ मा ‘फाइभ–मेम्बर्स’ (एफएक्स) सँग आवद्ध भएकी थिइन् । यो साउथ कोरियाको सबैभन्दा चर्चित पप महिला गायिकाहरुको गु्रप हो । तर सलीले २०१५ मा यो समूह छोडेर एकल गायिकाको यात्रा अगाडि बढाएकी थिइन् । उनको थुप्रै चर्चित गीतहरुमध्ये डेन्जर, इलेक्ट्रिक सक र हट समर रहेका छन् ।

सामाजिक संजालमा पनि उत्तिकै सक्रिय उनले अन्तिम पोस्ट मृत्युको एकदिन अगाडि इन्स्टाग्राममा गरेकी थिइन् । योसँगै उनी अन्तिम पटक एक टिभी कार्यक्रममा उपस्थित भएकी थिइन् ।

प्रतिक्रिया