अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:४८ | Colorodo: 20:03

सीको भ्रमणबाट दुई देशको सम्बन्धले नयाँ उचाइ र गतिशिलता पायो– प्रधानमन्त्री ओली

बिआरटीनेपाल २०७६ असोज २६ गते ८:२० मा प्रकाशित

प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्य रूपमा सफल भएको बताउनुभएको छ । आइतबार दिउँसो राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरेलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेख्नुभएको छ , “मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ ”।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि सीप्रति आभार व्यक्त गर्नुभएको छ । ‘भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ प्रधानमन्त्रीले भन्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा सी शनिबार नेपाल आउनुभएको थियो । उहाँ पछिल्लो २३ वर्षमा नेपालको भ्रमण गर्ने पहिलो चिनियाँ राष्ट्रपति हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू