अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:१६ | Colorodo: 21:31

महराले याैन दुर्व्यवहार गरेकाे समाचार ब्रेक गर्ने पत्रकार शिवाकाेटी अमेरिकामा पुरस्कृत हुने

बिआरटीनेपाल २०७६ असोज २१ गते ३:३७ मा प्रकाशित

संसद सचिवालयमै कार्यरत महिला कर्मचारीमाथि सभामुख कृष्णबहादुर महराले यौन दुर्व्यवहार गरेको समाचार ब्रेक गरेका पत्रकार अजयबाबु शिवाकोटी अमेरिकामा पुरस्कृत हुने भएका छन् । नेपालवाट सञ्चालित अनलाइन पोर्टल हाम्राकुरा डटकमका सम्पादक सिवाकोटीलाई यस वर्ष ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ बाट पुरस्कृत गर्न लागिएको हो ।

नेपाली पत्रकारहरूको अन्तराष्ट्रिय संजाल (ईन्जा) ले स्थापना गरेको ‘ईन्जा साहसी पत्रकारिता पुरस्कार’ को राशी १ हजार अमेरिकी डलर रहेकोछ। ईन्जा व्यवस्थापन समितिले नोभेम्वर १७ का दिन अमेरिकाको राजधानी वासिंङ्टन डिसीमा एक भव्य समारोह आयोजनागरी सो पुरस्कार प्रदान गर्ने निर्णय गरिएको इन्जाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हाम्रा कुरा डटकमले एक महिलामाथि यौन दुर्व्यवहार गर्ने निवर्तमान सभामुख कृष्ण वहादुर महराबारेको समाचार पहिलो पटक सार्वजनिक गरेको थियो। नेपालमा सानालाई ऐन ठुलालाई चैन भन्ने मान्यता स्थापित हुँदै गएको समयमा महराबारेको समाचारले नेपालको मर्यादाक्रममा चौथो स्थानमा रहेका सभामुख महरालाई राजीनामा गर्न बाध्य मात्रै बनाएनन्, हाल उनलाई आवश्यक कानुनी कारवाहीकोलागि प्रहरीले हिरासतमा समेत लिइसकेकोछ।

प्रतिक्रिया