अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २१:४५ | Colorodo: 10:00

स्व. राम केशर बोगटीको प्रथम वार्षिक पुण्य तिथि सम्पन्न

बिआरटीनेपाल २०७६ असोज १२ गते १०:१८ मा प्रकाशित

काठमाडौँ, नेपाल चलचित्र कलाकार सङ्घका निवर्तमान अध्यक्ष स्व. राम केशर बोगटीको प्रथम वार्षिक पुण्य तिथि सम्पन्न भएको छ । नेपाल चलचित्र कलाकार सङ्घको आयोजनामा मध्यपुर नगरपालिका हनुमान स्थान मनोहरा फाटमा निधन भएको एक वर्ष पुगेको सम्झनामा स्मृति कार्यक्रम गरिएको थियो ।

नेपाल चलचित्र कलाकार सङ्घका अध्यक्ष रबिन्द्र खड्काको सभापतित्वमा प्रमुख अतिथि पूर्व मन्त्री तथा माननीय संसद् महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको स्मृति सभामा चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई, नेपाल फिल्म सोसाइटीका अध्यक्ष तथा वरिष्ठ अभिनेता कृष्ण मल्ल, चलचित्र निर्माता सङ्घको अध्यक्ष आकाश अधिकारी, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, नेपाल चलचित्र कलाकार सङ्घका उपाध्यक्ष तथा वरिष्ठ चलचित्र कर्मी मोहन निरौला, सानु ताम्राकार, महासचिव चेत बहादुर सिंह राजा, कोषाध्यक्ष सुनिल कटुवाल, स्थानीय विशिष्ट व्यक्तित्वहरू, स्व. राम केशर बोगटीका छोराहरू, वरिष्ठ चलचित्रकर्मीहरु, कलाकारहरू तथा स्थानीय व्यक्तिहरूको उपस्थितिमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको थियो ।

नेपाल चलचित्र कलाकार सङ्घले स्व. राम केशर बोगटीलाई विशिष्ट कलाकारको घोषणा गर्दै सम्मान समेत गरिएको थियो भने सो अवसरमा विभिन्न वक्ताहरूले स्व. राम केशर बोगटीले गरेका कार्यहरूको तथा उनले कलाकार सङ्घ तथा समाजसेवामा पुर्‍याएका योगदानको उच्च मूल्याङ्कन गर्दै स्व. राम केशर बोगटीको बाकी सपना यथाशीघ्र पुरा गर्न तथा सङ्घको भवन निर्माणमा यथासक्य पहल गर्न जोड दिएका थिए । उक्त स्मृति सभाको कार्यक्रम वरिष्ठ कलाकार लय सङ्ग्रौलाले सञ्चालन गरेका थिए ।

प्रतिक्रिया