अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १७:४१ | Colorodo: 05:56

अमेरिकामा शिख प्रहरी अधिकारीको गोली हानी हत्या

बिआरटीनेपाल २०७६ असोज ११ गते ९:४९ मा प्रकाशित

भारतीय सिख प्रहरी अधिकारीको अमेरिकास्थित टेक्सासमा ट्राफिकमा रोकिएको बेला गोली हानी हत्या गरिएको छ। त्यहाँका प्रशासनिक अधिकारी एड गोजालेन्जले बताए अनुसार प्रहरी अधिकारी सन्दीप सिंह धालीवालले ड्युटीको दौरानमा कार रोकेर राखेको अवस्थामा अज्ञात समूहले गोली हानेका थिए।

प्रहरी अधिकारीले चलाएको कारमा एकजना महिला र पुरुष सवार थिए। धालीवाल अमेरिकामा पहिलो इमान्दार ड्यूटि अफिसर थिए। यता, प्रशासन अधिकारी गोन्जालेजका अनुसार धावलीबालको क्यामेरामा कैद भएका केही तस्बिरहरुको आधारमा आक्रमण गर्नेलाई पक्राउ गरिएको छ । भिडियोको सबै फुटेजहरुलाई सबै अधिकारीहरुले सार्वजनिक गरिदिएपछि दोषी समात्न गाह्रो भए पनि प्रहरीले कार बरामद सँगै महिला र पुरुषलाई पक्राउ गरेको छ।

१० वर्षदेखि शिख प्रहरी विभागमा काम गर्दै आएका थिए । उनी टेक्सासमा एउटा मात्र अधिकारी थिए जसले आफ्नो पहिचानरुपी पगडीको साथमा ड्यूटी गर्थे । सिंहले विगत १० वर्षदेखि सोही विभागमा काम गर्दै आएका थिए।

प्रतिक्रिया