अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:३७ | Colorodo: 17:52

गण्डकी प्रदेशद्धारा पर्यटन प्रबद्र्धन अभियान सुरू

बिआरटीनेपाल २०७६ असोज ९ गते ९:२९ मा प्रकाशित

गण्डकी प्रदेश सरकारले आन्तरिक पर्यटन भ्रमण वर्षलाई सफल बनाउन आज देखि १६ गतेसम्म देशका पूर्वी क्षेत्रमा प्रवद्र्धधनात्मक अभियान शुरु गरेको छ । अभियानको नेतृत्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले गर्नुभएको छ ।

अभियानमा सरकारी कर्मचारी, पत्रकार, कलाकार, पर्यटन व्यवसायिक तथा उद्योग वाणिज्य संघ, जनप्रतिनिधि, लगायत विभिन्न क्षेत्रका ५० जनाको सहभागिता छ ।अभियानमा सहभागी टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विदाई गर्नुभयो । सो अवसरमा गुरुङले गण्डकी प्रदेशको पर्यटनको आधार भनेको प्रकृति र संस्कृति भएकोले सोहीअनुसार प्रचारप्रसार गर्न सुझाब दिनुभयो ।

अभियानका क्रममा गण्डकी सरकारले अन्य प्रदेशको भ्रमण गरी सरोकारवाला र प्रदेश सरकारलाई निम्ता दिने छ । अभियानको नेतृत्वकर्ता तथा उद्योग, पर्यटन, बन तथा वातावरण मन्त्री विकास लम्सालले गण्डकी प्रदेशको सम्बृद्धिको आधार भनेको पर्यटन भएकाले यस वर्षको अन्त्यसम्ममा १५ लाख पर्यटक भित्राउने दावी सहित अभियान शुरु गरिएको बताउनुभयो । आन्तरिक पर्यटन वर्षमा गण्डकी प्रदेशमा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने र २०२२ भित्रमा २० लाख पर्यटक भित्र्याउने महत्वाकांक्षी लक्ष्य सरकारको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू