अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २२:१४ | Colorodo: 10:29

चितवन मेडिकल कलेजको समस्या समाधान गर्न अभिभावक संघर्ष समिति गठन

बिआरटीनेपाल २०७६ असोज ७ गते ९:४२ मा प्रकाशित

चितवन मेडिकल कलेजको समस्या समाधानका लागी अभिभावक संघर्ष समिति गठन भएको छ । कलेजले प्रवाह गर्ने मेडिकल शिक्षामा देखिएको समस्या समाधानका लागी विद्यार्थीको पहलमा यस्तो समिति बनेको हो । निर्माला कँडेलको संयोजकत्वमा ९ सदस्य समिति निर्मार्ण भएको हो । समितिका सदस्यहरुमा मिना दुवाडी, तोयानाथ कँडेल, बिष्णुप्रसाद सापकोटा, विश्वास श्रेष्ठ, देवबहादुर क्षेत्री, बिष्णुभक्त मानन्धर, लक्ष्मी पाण्डे र तिलक दलार्मी रहनुभएको छ ।

चिकित्सा शिक्षा संघ्रष समिति र चितवन मेडिकल कलेजका सम्पूर्ण विद्यार्थीको अनुरोधमा अभिभावक भेला गरी मेडिकल शिक्षाका समस्याको बारेमा बृहत छलफलमार्फत समस्या समाधानमा अभिभावकलाई थप जिम्मेवार बनाउन अभिभावक संघर्ष समिति गठन भएको चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताउनुभयो । त्यस्तै भेलाले कलेजले लिएको अतिरिक्त शुल्कको भरपाई ११ गते लिने निर्णय गरेको चन्दले जानकारी दिनुभयो । ११ गते रसिद नदिएको खण्डमा थप संघर्ष गर्ने निर्णय भएको बताईएको छ ।

त्यस्तै यसअघि जिल्ला प्रशासन कार्यालय चितवनमा भएको सम्झौता कार्यान्वयनमा दवाव दिने र सोही बैठकमा भएको निर्णय बमोजिम ३० दिनभित्र पैसा फिर्ता वा समायोजन गर्ने निर्णय कार्यान्वयनमा ल्याउन पनि समितिको महत्वपूर्ण काम हुने उहाँको भनाई छ ।

नेपाल सरकार गृहमन्त्रालय, शिक्षा मन्त्रालयले समेत बढि शुल्क १ महिनाभित्र फिर्ता गर्न भनेकाले आफुहरु सरकारी निर्णय कार्यान्वयन गराउन दवाव दिने अभियानमा सक्रिय भएको विद्यार्थी प्रविन स्याङतानले बताउनुभयो । यो समितिले कलेजमा भएका शैक्षिक र शुल्क सम्बन्धी समस्या समाधानमा काम गर्ने र यसअघि जिल्ला प्रशासनमा भएको सम्झौताअनुरुप काम नभए समितिले आन्दोलन थप चर्काउने अभिभावक संघर्ष समितिका संयोजक कँडेलको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू