अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:०५ | Colorodo: 07:20

लोपेजको हरियो ड्रेस इन्टरनेटमा कीर्तिमानी

बिआरटीनेपाल २०७६ असोज ६ गते ८:२६ मा प्रकाशित

बोस्टन । जेनिफर लोपेजले लगाएको हरियो रङ्गको फरिया (गाउन) ले चर्चा पाएको छ । उनले यो ड्रेस इटलीको मिलान फेसन सप्ताहका क्रममा शुक्रवार लगाएकी हुन् । उनले मिलानको उक्त फेसन सोपछि ट्विट गर्दै भनेकी छन्, ”यो त फेरि भयो ।”

उनले यस्तै हरियो ड्रेस सन् २००० मा ग्य्रामी अवार्ड्समा लगाएकी थिइन । सन् २००० वर्षअघिको उनको ड्रेसले गुगल खोजका कारण पनि उनलाई विशेष मोडलको रूपमा चिनाएको थियो ।

सन् १९६९ जुलाई २० मा जन्मेकी नायिका, गायिका, फेसन डिजाइनर, निर्माता तथा व्यवसायी जेनिफरलाई ‘जे लो’ उपनामले चिनिन्छ ।

https://www.instagram.com/jlo/?utm_source=ig_embed

Photo by: WWD/Shutterstock (10418535g)
Jennifer Lopez Versace on the catwalk
Versace show, Runway, Spring Summer 2020, Milan Fashion Week, Italy – 20 Sep 2019

प्रतिक्रिया