अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:२७ | Colorodo: 08:42

डिआरसी अमेरिकाज क्षेत्रमा एनआरएन अमेरिका का २ काल पूर्व कोषाध्यक्ष तथा वर्तमान आइसिसी मेम्बर बस्नेतले उम्मेदवारी दिने

बिआरटीनेपाल २०७६ भदौ २२ गते १६:२३ मा प्रकाशित

टेक्सस, नवौँ गैर आवासीय नेपाली विश्व सम्मेलन तथा गैरआवासीय नेपाली सङ्घको अन्तर्राष्ट्रिय महाधिवेशन यही २०७६ साल आश्विन महिनाको २८ गते देखी ३० गते सम्म अर्थात् १५ – १७ अक्टोबर २०१९ काठमाडौँको हायात होटेलमा हुँदैछ । महाधिवेशनको मिति नजिकिँदै गर्दा एनआरएनए आइसिसीको विभिन्न पदमा नेतृत्वका लागि आकाङ्क्षीहरूले आ–आफ्नो दावेदारी प्रस्तुत गर्न थालेका छन् भने अहिले विभिन्न देशमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्ले अधिवेशन गदै नयाँ नेतृत्व चुन्ने क्रम जारी नै छ । यसै क्रममा एनआरएन अमेरिका पूर्व कोषाध्यक्ष तथा बर्तमान आइसिसी मेम्बर वेद राज बस्नेतले नेपालमा हुन लागेको एनआरएन आइसिसी निर्वाचनमा अमेरिकाज क्षेत्रका लागि उप-क्षेत्रीय संयोजक (डिआरसी) मा उम्मेदवारी घोषणा गरेका छन् ।

उनले बिआरटी नेपालसँगको कुराकानीमा, संसारभर रहेका नेपालीको हितका लागि स्थापित एनआरएन अभियानमा हामी बलियो भएर अगाडि बढ्नका लागि आफ्नो अनुभव र दक्षता अनुसार उप-क्षेत्रीय संयोजक (डिआरसी) मा उम्मेदवारी घोषणा गरेको बताएका छन् । सङ्घलाई बलियो र सशक्त बनाउने कार्यमा लागि पर्न साथै योगदान दिनको लागि यो पटक डिआरसीमा उम्मेदवारी दिन लागेको कुरा बस्नेतले बताएका छन् ।

बस्नेतद्वारा प्रेषित अनुरोध वक्तव्य जस्ताको त्यस्तै:

आदरणीय एनआरएन साथीहरू,
नमस्कार 
सबैभन्दा पहिला त यंहाहरु सबैले एनआरएन अभियानलाई माया गरेर यंहासम्म ल्याउनुभएकोमा अग्रजहरूलाई सम्मान अनि सहयात्री साथीहरूप्रति हार्दिक आभार व्यक्त गर्न चाहन्छु । जन्मभूमि नेपाल र कर्मका लागि संसारभर रहेका नेपालीको हितका लागि स्थापित एनआरएन अभियानमा हामी रहेको देश अमेरिका, क्यानडा र यस क्षेत्रका अन्य देशहरूमा पनि बलियो भएर अगाडि बढिरहनु हामी सबैलाई गौरवको कुरा हो । केही समय ढिला सुरु भए पनि अमेरिका, क्यानडा, ब्राजिल र चिली लगायतका देशमा एनआरएन अभियानले अब राम्रोसँग आफ्नो अभियानलाई बिस्तार गर्न सफल भएको छ ।

साथीहरू, यंहाहरुलाई अवगत नै छ । म पनि अमेरिकामा एनआरएन अभियान सबैको पंहुचमा पुगेको समय देखि नै तपाइहरूकै साथ र सहयोगले सक्रिय हुँदै यस संस्थामा काम गर्न पाउने सौभाग्य पाएको व्यक्ति हुँ । मैले सुरुदेखि नै दुई कार्यकाल एनआरएनए अमेरिकाको दुई कार्यकालको कोषाध्यक्ष र एक कार्यकाल यही क्षेत्रलाई प्रतिनिधित्व गर्दै आइसिसी सदस्य भएर काम गर्दा सदैव यंहाहरुकै सुझाव र सल्लाह अनुसार अगाडि बढेको सबैमा अवगत नै छ । दुई कार्यकालको कोषाध्यक्ष र आइसिसी सदस्यको जिम्मेवारीमा रंहदा मैले के कस्ता कार्यहरू गर्न सफल रहेँ भन्ने कुरा त यंहाहरु माझ अवगत नै छ, तैपनि गर्वका साथ के भन्न चाहन्छु भने सदैव संस्थाको हित र यंहाहरुको भावना भन्दा बाहिर नगई कार्य गर्न सफल भएकोमा खुसी छु ।

सानै देखिको समाजसेवाको भावना र एनआरएन अभियानमा लागेपछि यंहाहरुबाट पाएको साथ र हौसलाले मलाई यस कार्यमा अझै धेरै सक्रिय हुन प्रेरणा प्राप्त भइरहेको छ । एनआरएनको मुख्य मुद्दा नागरिकताको विषय लगभग निर्णायक अवस्थामा पुगेको भए पनि हामीले हाम्रा एनसीसीहरुका साथै सिङ्गो अभियानलाई नै अझै उचाइमा लैजाने कार्य सदैव हाम्रा सामु बाँकी नै रहेको मलाई लाग्दछ ।

प्रिय एनआरएन साथीहरू,
यंहाहरुको यही हौसला र साथले मलाई अभियानमा थप सक्रिय हुन प्रोत्साहन गरेकोले तपाईँ हामी सबैका साझा मुद्दा बोकेर म यस पटक अमेरिकाज क्षेत्रको उप संयोजक अर्थात् अमेरिका क्षेत्रको डिआरसी पदमा उम्मेदवारी दिन गइरहेको कुरा यंहाहरु समक्ष निवेदन गर्न चाहन्छु । मेरो विगतको सकृयता र संस्था प्रतिको लगावलाई हेरेर अमेरिका, क्यानडा, ब्राजिल र चिली लगायतका सबै देशका अग्रज अनि तपाईँ सहयात्रीहरूले साथ दिनुहुनेछ भन्ने पूर्ण विश्वास लिएको छु ।

म डिआरसी पदमा निर्वाचित भए पश्चात् के काम गर्नेछु भन्दा पनि यंहाहरुकै मुद्धाहरुलाई बोकेर तपाइहरूकै माझमा सक्रिय हुनेछु भन्ने कुराको विश्वसनीयता दिलाउन चाहन्छु । एनआरएन अमेकिाज क्षेत्रका एनसीसीहरुलाई थप मजबुत बनाउँदै आइसिसीमा यस क्षेत्रको बलियो उपस्थिति राख्ने यस अभियानमा यंहाहरु सबैको साथ र सहयोगको अपेक्षा सहित ।
हार्दिक धन्यवाद ।

वेद राज बस्नेत
उम्मेदवार, डिआरसी अमेरिका क्षेत्र
टेक्सस अमेरिका

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू