अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १२:०६ | Colorodo: 00:21

अमेरिकाको ओहायोमा आफ्नै श्रीमतीले पड्काएको बन्दुकको गोली लागि एक नेपालीभाषीको मृत्यु

बिआरटीनेपाल २०७६ साउन २९ गते ९:३८ मा प्रकाशित

अमेरिकाको ओहायो राज्यमा एक नेपालीभाषीको आफ्नै श्रीमतीले पड्काएको बन्दुकको गोली लागि निधन भएको छ । गोली लागि मृत्यु हुनेमा नेपालीभाषी भुटानी नागरिक टिका कट्टेल रहेका छन् । गत शनिवार ओहायो राज्यको फेयरफिल्डस्थित सिग्मण्ड वे मा आफ्नै घरमा श्रीमती सुभा कट्टेलले अञ्जानबश बन्दुक चलाउँदा टिकाको ज्यान गएको हो ।

आरोपी नेपालीभाषी भुटानी महिलाले आफन्तसँग रहेको बन्दूकलाई खेलौना सम्झि चलाउँदै गर्दा अचानक पड्किन गई श्रीमानको टाउकोमा गोली लागेको थियो । नीज कट्टेलको घरमा विरामी भेट्न आएका एक आफन्तको पकेटवाट बन्दुक भुँईमा खसेको र त्यसलाई श्रीमती कट्टेलले असावधानीबश चलाउदा अचानक पड्किन गएको स्थानिय संचारमाध्यमहरुले जनाएका छन् । घटना भुलबश घटेको आफन्तहरुले जनाएका छन् ।

गोली लागेलगत्तै कट्टेललाई उपचारका लागि युनिभर्सीटी अफ सिनसिनाटी मेडिकल सेन्टरमा लगिएको थियो । घाईते कट्टेलको उपचारको क्रममा सोमबार मृत्यु भएको थियो । घटनाका आरोपी श्रीमती कट्टेललाई अदालतमा पेश गरिएपछि तारिखमा छोडिएको छ । तर, उनी घरमै अनुसन्धानमा रहनुपर्ने र ओहायो राज्यबाट बाहिर जान नपाउने अदालतले आदेश दिएकोे छ । कट्टेल परिवार नेपालको भुटानी शरणर्थी शिविरबाट सन २००९ मा अमेरिका आएपछि न्यु हेम्प्सायरमा बसेको थियो भने दक्षिणी ओहायोमा सन २०१६ मा सरेको सरेको थियो ।

यसैबीच, कट्टेलको मृत्युप्रति सिनसिनाटी भुटनीज कम्युनिटीले दुःख प्रकट गर्दै शोकसन्तप्त परिवारमा धैर्यधारणको कामना गरेको छ ।

प्रतिक्रिया