अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:०० | Colorodo: 19:15

अमेरिकाको डिसीमा हुने तिज महोत्सवमा, हेर्नुस् के के गरिँदै छ

बिआरटीनेपाल २०७६ साउन २४ गते ११:३२ मा प्रकाशित

अगस्त २४ तारिख बिहान ११ बजे देखी अमेरिकाको डिसी तीजमय हुने भएको छ । अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीको संयुक्त आयोजनामा हुने तीज महोत्सव २०१९ को तयारी भव्य रूपमा अगाडि बढेको मूल आयोजक समितिका सदस्य सचिव एवम् अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीका अध्यक्ष भूपनारायण घर्तिमगरले जानकारी गराउनुभएको छ ।

August 24, Saturday, 2019 का दिन बिहान ११ बजे Fairfax Lorton स्थित दुर्गा मन्दिर (8400 Durga Place, Fairfax Station, VA, 22039 ) मा आयोजना हुन गइरहेको तीज महोत्सव मूल आयोजक समितिका संयोजक एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्चका केन्द्रीय अध्यक्ष रामप्रसाद खनाल तीज महोत्सव यस वर्ष झन् बढी ऐतिहासिक हुने र त्यसका लागि निःशुल्क प्रवेश, निःशुल्क दर खुवाउने सहित व्यवस्थित नाचगानको कार्यक्रममा आफूहरू केन्द्रित भएको बताउनुहुन्छ ।

खगेन्द्र थापा संयोजक रहेको आर्थिक समितिले तीज महोत्सवका लागि आर्थिक जोहो गरिसकेको छ भने मुकुन्द कोइराला देखी मूल आयोजक समितिका सबै जना, विभिन्न उपसमितिहरूका सदस्यहरू सबै मिलेर तीज महोत्सवको भव्य तयारीमा जित्नुभएको छ । समाजसेवी श्याम लामा र वहाँको तन्दुरी नाइट रेस्टुरेन्ट तीजको दर ( तीज भोज ) का लागि जुटिसकेको छ ।

वाशिङ्गटन डिसी मेट्रो एरिया ( भर्जिनिया, मेरिल्यान्ड र डिसी एरिया ) मा रहेका अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकामा आबध्द कलाकारहरू देखी अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीमा रहेका पदाधिकारी देखी सदस्य सम्म सबै तीज महोत्सवमा केन्द्रित हुनुभएको छ ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका सल्लाहकार प्रेमराजा महत अन्तर्राष्ट्रिय कलाकार मञ्चले १२ वर्ष अघि अमेरिकामा सुरु गरेको तीज महोत्सवले अमेरिकामा मात्र होइन संसार भर तीजको माहौल नै ल्याएको बताउँदै यस वर्ष पनि तीज महोत्सव भव्य हुने बताउनुहुन्छ ।

स्मरण रहोस् अमेरिकामा सन २००८ देखी तीज महोत्सव सुरु भएको हो र रामप्रसाद खनाल र वहाँ अध्यक्ष एवम् संस्थापक रहेको अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाले २००८ देखी कहिले एक्लै त कहिले विभिन्न सङ्घ संस्थाहरूलाई समेटा साथ लिएर तीज महोत्सव गरिँदै आएको छ ।
गत वर्ष जस्तै अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीले यस वर्ष पनि संयुक्त रूपमा तीज महोत्सव गर्दैछन । यसै बिच तीज महोत्सव मूल आयोजक समितिका तर्फ बाट तीज महोत्सव अमेरिका – २०१९ मूल आयोजक समितिको जरुरी सूचना भन्दै प्रकाशित सूचनामा भनिएको छ:

“विगतका वर्षहरूमा झैँ यो वर्ष पनि नेपाली नारीहरूको महान् चाड हरितालिका तीज पर्वको सुखद उपलक्ष्यमा अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिका र अनेसास वाशिङ्गटन डी सी मेट्रो कमिटीको संयुक्त आयोजनामा नेपाली संस्कृतिलाई फुलाउने, फलाउने उद्देश्यले आगामी August 24th Saturday, 2019 का दिन बिहान ११ बजे Fairfax Lorton स्थित दुर्गा मन्दिरमा तीज महोत्सव आयोजना हुन गइरहेको छ।

उक्त कार्यक्रममा सामूहिक नाच तथा गीत प्रस्तुत गर्न इच्छुक महानुभावज्यूहरूले August 22nd ,2019 सम्ममा निम्न लिखित व्यक्तिहरूलाई सम्पर्क गरेर समूहको नाम, नाच्ने गाउनेहरूको नाम र गीतको बोल टिपाउनु पर्ने छ।

सम्पर्क व्यक्ति:
प्रभा देउजा – 571-331-5412
मुकुन्द कोइराला – 571-355-2676
भूपनारायण घर्ती मगर – 571-217-6782
पवन ओली – 347-685-5880
रामप्रसाद खनाल – 703-419-0924
वा तीज महोत्सव मूल आयोजक समितिका सदस्यहरू सँग सम्पर्क गर्न सक्नुहुन्छ ।

निम्न मापदण्डहरूको पालना ( ख्याल) गर्नु हुन पनि सम्बन्धित सबैमा सादर अनुरोध छ:

१:- गीत ठेट तीजको लय र भाकामा शालीन र शिष्ट हुनु पर्नेछ।

२:- नाच्दा तीजको पहिरनमा ( साडी, लेहङ्गा, कुर्तासलवार वा नेपाली समुदायका परम्परागत पहिरनमा) हुनु पर्नेछ।

३:- सबै नाच तथा गीत अप्रतियोगी हुने छन् । इच्छुक सबैलाई मौका प्रदान गर्नु हाम्रो कर्तव्य हुनेछ ।

४:- नाचको समूह कम्तीमा २ जनाको र गीतको समूह कम्तीमा ४ जनाको हुनु पर्नेछ। बढीमा २० जना सम्मले गीत गायन वा नाचमा भाग लिना सक्नुहुने छ ।

५:- नाच्ने समूहले आआफ्नो गीतको सिडी वा पेन ड्राइभमा वा इमेलमा सम्पर्क व्यक्तिहरूलाई उपलब्ध गराउनु पर्नेछ।

६:- गाउनेहरूले Music Track मा गाउने भए आआफ्नो Music Track सिडी वा पेन ड्राइभमा वा इमेलमा सम्पर्क व्यक्तिहरूलाई उपलब्ध गराउनु पर्नेछ।

७:- नाच र गीत प्रस्तुत गर्नेहरू बिहान १०•३० सम्ममा कार्यक्रम स्थल पुगी सक्नु पर्ने छ। ढिलो भएर पालो छुटेको खण्डमा स्वयं जिम्मेवार हुनु पर्नेछ। उदघोसकले आफ्नो पालोमा बोलाउँदा यदि तपाईँ छुट्नुभयो भने पछि प्रस्तुतिमा पनि छुट्न सक्नुहुन्छ । त्यसैले कृपया उदघोसक सँग सम्पर्कमा रही आफ्नो पालोमा नछुट्नु होला ।

८- पहिलै नाम टिपाएका ग्रुपहरू सँगै बिच बिचमा सबैलाई समेट्ने गरी उदघोसकले आमा दिदी बहिनीहरू र साथमा दाजुभाइहरूलाई पनि नाच्न मञ्चमा या अगाडि बोलाउने छन् र उपस्थित जो कसैलाई पनि नाच्न गाउन भरपुर आनन्द लिन अवसर दिइनेछ ।

९- कार्यक्रम हलमा नाम टिपाइए अनुसार क्रमशः नाच्न गाउन बोलाइने छ । कृपया आयोजकहरूलाई भनसुन गर्ने वा मेरो पहिला राखिदिनुसन भन्ने कुरालाई हार्दिकताका साथ निरुत्साहित गर्न चाहन्छौँ ।

१०- नाच गानका लागि ग्रुप वा व्यक्तिहरूलाई कम्तीमा २ मिनेट र बढीमा ५ मिनेट भित्रको समय उपलब्ध गराइने छ । गीत लामो भएमा बिचमै काटिने छ किनकि हामी सबैलाई मौका र प्राथमिकता दिन चाहन्छौँ ।

११- तीज महोत्सवका दिन सके सम्म नेपाली पन झल्किने पहिरन, नेपाली राष्ट्रिय पोसाकमा उपस्थित हुन सबैलाई विनम्र आग्रह गरिन्छ । त्यस मध्ये आयोजकको मूल्याङ्कनमा सबै भन्दा राम्रो नेपाली पहिरनमा आउने एक जना महिला, एक जना पुरुष, एक एक जना बालबालिकालाई मायाको चिनो प्रदान गरिने छ ।

प्रतिक्रिया