अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०० | Colorodo: 02:15

समाजसेवी लक्ष्मी शर्मा अमेरिकामा सम्मानित – सी एन एन हिरोको लागि प्रस्ताव गर्नुपर्नेमा जोड

बिआरटीनेपाल २०७६ साउन ६ गते ८:०९ मा प्रकाशित

नेपालकी प्रथम टेम्पो चालिका, सफल महिला उद्धमी तथा समाजसेवी लक्ष्मी शर्मा अमेरिकामा लाईफटाईम अचिभमेन्ट अवार्डबाट सम्मानीत हुनुभएको छ । नेपाल विश्व सहयोग सङ्घ र पश्चिम अमेरिका नेपाली महासङ्घले संयुक्तरुपमा क्यालिफोर्नियाको रिचमन्डमा आयोजना गरेको कार्यक्रममा शर्मालाई सम्मान गरिएको हो ।

आयोजक संस्थाका अध्यक्ष द्वय मणि नेपाली पनेरु तथा उत्तम कार्कीले संयुक्त रूपमा शर्मालार्ई दोसल्ला ओढाएरलाइफ अचिभमेन्ट अवार्डबाट सम्मानित गर्नु भएको थियो । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मान विजेता शर्माको यो पहिलो लाइफ्टाइम अचिभमेन्ट अवार्ड भएको आयोजकले जनाएको छ ।

यसैबीच, कार्यक्रममा सहभागी अधिकांश सहभागीहरूले शर्मालाई सी एन एन हिरो बनाउने तर्फ पहल गर्नुपर्नेमा जोड दिएका छन् । संघर्षशील महिला शर्मालाई सी एन एन हिरो बनाउन अमेरिकामा रहेका प्रवासी नेपालीहरुले पहल थाल्नुपर्ने उनीहरुको भनाई थियो । आयोजित सम्मान कार्यक्रममा शर्माले आफ्नो सङ्घर्षमय जीवनको यात्रा तथा अनुभव प्रस्तुत गर्नुभएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू