अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:१२ | Colorodo: 22:27

पाकिस्तानी पत्रकार सरकारविरुद्ध आन्दोलनमा

बिआरटीनेपाल २०७६ असार ३१ गते १०:०१ मा प्रकाशित

पाकिस्तानका पत्रकारहरु सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका छन् । देशको शक्तिशाली सुरक्षा सेवाले ‘सेन्सरसिप’ लगाउँदै बजेटमा कटौती गरेको विरोधमा पाकिस्तानका पत्रकारहरु सरकारविरुद्ध देशव्यापी आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले समयमै मासिक तलब उपलब्ध गराउनुपर्ने पनि माग गरिरहेका छन् ।

पाकिस्तान फेडरल यूनियन अफ जर्न्लिस्ट्सको अगुवाईमा पत्रकारहरुले र्याली निकालेका छन् । पाकिस्तानको इतिहासमा सबैभन्दा कठिन अवस्थाको सामना गरिरहेका पत्रकारहरुले ‘अभूतपूर्व सेन्सरसिपसँग लड्ने’ निर्णय गरेका छन् । यूनियनका अध्यक्ष अफजल बटले प्रदर्शनलाई मात्र ‘एक विरोध आन्दोलनको सुरुवात’ भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू