अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १५:५० | Colorodo: 04:05

सप्तकोशीमा पानीको बहाव वर्षकै उच्च

बिआरटीनेपाल २०७६ असार २६ गते ८:१६ मा प्रकाशित

पहाडी क्षेत्रमा भइरहेको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव यस वर्षकै उच्च भएको छ । पानीको बहाव रातिदेखि नै निरन्तर वृद्धि भइरहेको ब्यारेज प्रशासनले जनाएको छ । विहिवार दिउँसो गरिएको मापन अनुसार पानीको वहाव १ लाख २८ हजार क्यूसेक पुगेको छ । बुधबार साँझ भने १ लाख १५ क्यूसेक पानीको वहाव थियो ।

मध्येरातिदेखि नै वहाव बढ्दो रहेकोले अहिले ब्यारेजका ५६ ढोकामध्ये १८ वटा ढोका खुल्ला गरिएको छ भने तटबन्ध आसपास बसोवास गर्दै आएका सर्वसाधारणहरुलाई सतर्क रहन् ब्यारेज प्रशासनले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू