अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:४३ | Colorodo: 18:58

बोस्टनमा हिमालयन लायन्स क्लबको पदस्थापन सम्पन्न

बिआरटीनेपाल २०७६ असार २२ गते ९:३२ मा प्रकाशित

अमेरिकाको बोस्टनमा शनिवार हिमालयन लायन्स क्लबको नयाँ पदाधिकारीहरूको पदस्थापन भएको छ । लायन्स क्लब म्यासाचुसेट्स डिस्ट्रिक्ट ३३ केका गभर्नर डेभि हाय सले नयाँ पदाधिकारीहरूलाई आफ्नो जिम्मेवारी र कार्यका बारेमा जानकारी गराएकी थिइन् । सन् २०१९- २०२० का लागि पदस्थापन भएको उक्त संस्थाको अध्यक्ष पेशल रेग्मीले सम्हालेका छन् । यसअघि उनले प्रथम उपाध्यक्ष, सचिवलगायतका पदका कार्य गरिसकेका छन् । उनी क्लबको स्थापना कालदेखि संलग्न रेग्मी निर्वाचित छैठौ अध्यक्ष हुन् । 

यसै गरी संस्थापक सदस्यदेखि सदस्य सचिव, तृतीय उपाध्यक्ष र द्वितीय उपाध्यक्ष पद सम्हाली सकेका साहित्यकार गोवर्धन पूजा प्रथम उपाध्यक्षमा निर्वाचित भएका छन् । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय महासचिव समेत भैसकेका पूजाका नेपाली साहित्यका विविध विधाका नौ कृति प्रकाशित छन् ।

यसै गरी साहित्यकार सुशील नेपाल दितीय उपाध्यक्ष भएका छन् । नेपाल बोस्टनमा राज मित्र स्मृति प्रज्ञा प्रतिष्ठान स्थापना गरेर नेपाली भाषा साहित्यको सेवामा समर्पित छन् । 

क्लबमा सचिव तथा कोषाध्यक्षमा थानी रत्न कँडेलले दोस्रो कार्यकाल सम्हालेका छन् भने सदस्य सचिवमा विनोद उप्रेती र क्लब सर्भिस चेयर पर्सनमा राम धितालले पद सम्हालेका छन् । क्लबका अन्य पदमा महेश्वर पन्त, विनोद सुवेदी, दीपक पुरी, अन्जु थापा, दीपक पुरी, मान्ती साह रहेका छन् ।

क्लबका पूर्व अध्यक्ष राम थापाको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा गभर्नर डुबी हायस, जोन चेयर केन चिया, पूर्व अध्यक्ष थापा, नवनिर्वाचित अध्यक्ष रेग्मी, प्रथम उपाध्यक्ष पूजा, द्वितीय उपाध्यक्ष नेपाल, सचिव कँडेल, एसियन अमेरिकन कसिस्नर प्रह्लाद केसी, ग्रेटर बोस्टन नेपलिज कम्युनिटीका अध्यक्ष अर्जुन कुँवर, नरउडलायन्स क्लबका महेश्वर पन्त लगायतले मन्तव्य व्यक्त गरेका थिए । 

प्रतिक्रिया