अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २३:४६ | Colorodo: 12:01

भारतमा बजेट सार्वजनिक – नेपाललाई १६ अर्ब ८० करोड अनुदान, सहयोगमा वृद्धि

बिआरटीनेपाल २०७६ असार २० गते १०:०२ मा प्रकाशित

छिमेकी मुलुक भारतमा नयाँ बजेट सार्वजनिक भएको छ । नयाँ बजेटमा नेपाललाई दिँदै आएको अनुदान सहयोगमा वृद्धि गरिएको छ । नयाँ बजेटमा भारतले अघिल्लो वर्षको नेपाललाई दिने रकममा ४० प्रतिशत बढाएको हो । भारतले नेपाललाई दिँदै आएको अनुदान ४ अर्ब ८० करोड रुपैयाँले बढाएको हो ।

शुक्रबार लोकसभामा वित्तमन्त्री निर्मला सीतारमणले बजेट प्रस्तुत गर्दै नेपालका लागि १६ अर्ब ८० करोड नेपाली रुपैयाँ (१० अर्ब ५० करोड भारतीय रुपैयाँ ) विनियोजन गरिएको जानकारी गराउनुभयो । भारतले गत वर्ष नेपाललाई १२ अर्ब रुपैयाँ दिएको थियो । यसबर्ष ४० प्रतिशत बढाएर १६ अर्ब ८० करोड नेपाली रुपैयाँ दिने घोषणा वित्त मन्त्री सीतारमणले गर्नुभयो । मोदी सरकारले गत फेब्रअरीमा घोषणा गरेको अन्तरिम चुनावी बजेटमा नेपालकालाई १२ अर्ब ८० करोड नेपाली रुपैयाँ (७ अर्ब ५० करोड भारतीय रुपैयाँ ) छुट्याएको थियो। वित्तमन्त्री सीतारमणले शुक्रबार लोकसभामा नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकालको पहिलो बजेट पेश गर्दै छिमेकी देशलाई दिइने सहयोग रकम पनि घोषणा समेत गर्नुभएको थियो ।

वित्तमन्त्री सीतारमणले ल्याएको बजेटमा भारतबाट सहयोग पाउनेमा नेपाल तेस्रो नम्बरको मुलुक हो। भारतले आफ्नो बजेटमा यस वर्ष सबैभन्दा धेरै भुटानलाई ४४ अर्ब ९६ करोड दिने घोषणा गरेको छ । यस्तै भारतले मोरिससलाई १७ अर्ब ६ करोड सहयोग दिने घोषणा बजेटमा गरेको छ । भारतले अफगानिस्तानलाई ६ अर्ब ४० करोड रुपैयाँ, म्यानमारलाई ६ अर्ब ४० करोड, माल्दिभ्सलाई ६ अर्ब ४० करोड, श्रीलंकालाई ४ अर्ब, बंगलादेशलाई २ अर्ब ८० करोड अनुदान सहयोग दिने छ । भारतले नेपाललाई बर्षेनी अनुदान सहयोग उपलब्ध गराउँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू