अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१२ | Colorodo: 08:27

नेपालमा नहुने भयो आईफा अवार्ड

बिआरटीनेपाल २०७६ असार १८ गते १०:०६ मा प्रकाशित

निकै विवादित बनेको इन्टरनेशनल इण्डियन फिल्म एकेडेमी अवार्ड (आईफा) नेपालमा नहुने भएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनसमेत गर्ने उद्देश्यले गर्न खोजेको कार्यक्रमको सर्वत्र आलोचना भएपछि सरकार पछि हटेको हो ।आईफा अवार्ड समारोहको संयोजन गरिरहेको पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले आईफा अवार्ड नेपालमा नहुने पक्का–पक्की भएको र त्यसको घोषणा हुन मात्रै बाँकी रहेको बताउनुभयो । ।

यसको आधिकारिक निर्णय भने बैठक बसेर गरिने जोशकिो भनाई छ । अवार्डबारे थप निर्णय भने पर्यटन मन्त्रालयले गर्ने पनि उहाँले बताउनुभयो । जोशीले संसदीय समितिले नै अवार्ड नगर्न निर्देशन दिईसकेकोले आईफा अवार्ड नेपालमा नहुने स्पष्ट पार्नुभएको हो । असार ३ गते बसेको मन्त्रिपरिषद बैठकले आईफा नेपालमा गर्ने र त्यसको सबै आर्थिक भार सरकारले ब्यहोर्ने निर्णय गरेको थियो । तर यो निर्णयको सर्वत्र आलोचना भएको थियो ।

आईफा अवार्ड कार्यक्रम सम्पन्न गर्न लाग्ने करिब १ अर्ब रकम सरकारले ब्यहोर्ने निर्णयको नागरिक, प्रतिपक्षी र सत्तारुढ दलकै नेतालेसमेत विरोध गरेका थिए । आईफा अवार्ड गर्नकै लागि काठमाडौं महानगरपालिकाले लगभग ४४ करोड रुपैयाँ दिन सहमति नै जनाएको थियो । अझ मंगलबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले त आईफा नेपालमा गर्ने निर्णय राष्ट्रघाती भन्दै नगर्न निर्देशन नै दिएको थियो ।

प्रतिक्रिया