अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १६:४५ | Colorodo: 05:00

विश्वकप क्रिकेट– श्रीलंकाले दियो दक्षिण अफ्रिकालाई २०४ रनको चुनौती

बिआरटीनेपाल २०७६ असार १३ गते ९:५० मा प्रकाशित

इंग्ल्यान्डमा जारी आइसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अहिले श्रीलंका र दक्षिण अफ्रिका भिडिरहेका छन् । खेल जितका लागि दक्षिण अफ्रिकाले २०४ रनको चुनौती पाएको छ । टस हारेर श्रीलंकाले पहिले ब्याटिङ गर्दै ४९ ओभर ३ बलमा अलआउट हुँदै २०३ रन बनायो ।

कुशल परेरा र अभिष्क फर्नान्डोले समान ३० रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्नेक्रममा दक्षिण अफ्रिकाका क्रिस मोरिस र डिवाइने प्रिटोरियसले समान ३ विकेट लिए । कागिसो सबाडाले २ विकेट झारे ।

जारी प्रतियोगितामा कमजोर प्रदर्शन गरिरहेको दक्षिण अफ्रिका लिग चरणबाटै बाहिरिइसकेको छ । श्रीलंकाले यो खेल जिते सेमिफाइनल प्रवेशको सम्भावना कायमै रहनेछ । ६ खेलबाट ६ अंक जोडेको श्रीलंका तालिकाको सातौं स्थानमा रहँदा दक्षिण अफ्रिकाले ७ खेलबाट ३ अंकमात्रै जोडेको छ ।
७ खेलबाट १२ अंकसहित अष्ट्रेलिया शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा पुगिसकेको छ । ६ खेलबाट ११ अंकको भारत दोस्रो स्थानमा छ । न्यूजिल्यान्ड ११ अंकबाटै तेस्रो स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू