अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५८ | Colorodo: 07:13

डा. डी आर उपाध्यायलाई वर्ष गीत पुरस्कार

बिआरटीनेपाल २०७६ असार ८ गते ९:२७ मा प्रकाशित

काठमाडौँ, गीतकार डा. डीआर उपाध्यायलाई ‘वर्ष गीत पुरस्कार’बाट पुरस्कृति गरिएको छ । गीतकार सङ्घ नेपालले प्रदान गर्ने ‘वर्ष गीत पुरस्कार’ यो वर्ष ‘सन्तानको शिर उठाउन हजार ठाउँ शिर झुकाउने बाबालाई बिर्सिएर…’ गीतबाट उनलाई ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको हो । यो गीतमा सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत र मनोज राजको स्वर रहेको छ । यस्तै वर्ष गीत पुरस्कारबाट हाङयुग अज्ञात पुरस्कृत भएका छन् । 

गीतकार सङ्घ नेपालको नवौँ वार्षिकोत्सव तथा सातौँ स्रष्टा सम्मान कार्यक्रममा राजधानीमा शनिवार सम्पन्न भइको हो । सो अवसरमा विभिन्न कलाकार तथा साहित्यकारलाई पुरस्कृत गरिएको थियो । यो वर्षको राष्ट्रिय स्रष्टा पुरस्कारबाट गीतकार नगेन्द्र थापालाई नगद एक लाख र सम्मानपत्रले सम्मान गरियो । वर्ष पुस्तकबाट उर्मिला कोइराला र गौरव गुरुङलाई नगद ५१ हजार र सम्मानपत्रले सम्मान गरिएको थियो ।

पूर्वराष्ट्रपति डा. रामवरण यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा उनले कलाकारले तराई र पहाडलाई जोड्न अभिप्रेरित गर्ने गीत सङ्गीत बनाउनुपर्ने बताए । ‘मुलुकमा भएका परिवर्तनका आन्दोलनमा कलाकार र साहित्यकारको योगदानको कदर गर्नुपर्छ’, उनले भने, ‘कलाकार र साहित्यकारको खबरदारीले राज्य सञ्चालन गर्नेलाई सचेत बनाइरहेको हुन्छ ।’ उनले कलाकार र साहित्यकारले प्रकृतिसँग जोडिएका विषयवस्तुलाई उठान गर्नुपर्ने बताए ।

यस्तो छ वर्ष गीत ‘सन्तानको शिर उठाउन…’

‘हिरो २०१९’बाट सम्मानित गीतकार डा. डीआर उपाध्यायले एकै साथ ७ गीति एलबमका ३६ ओटा गीत एकै पटक सार्वजनिक गरेर मिरा कल वल्र्ड रेकर्ड, इन्डिया स्टार वल्र्ड रेकर्ड, एक्सकुलुसिभ वल्र्ड रेकर्ड, जीनस वल्र्ड रेकर्ड र एभरेस्ट वल्र्ड रेकर्डको प्रमाण पत्र प्राप्त गरिसकेका छन् ।

डी. आर उपाध्यायका ‘प्रणय’ ‘जखम’, ‘माउन्टेन मेलोडी’, ‘नशालु नजर’, ‘जोहो’, ‘अन्त राप’, ‘प्रतिनाद’, ‘सहेली’, ‘परिष्कृत’, ‘कृति’ र ‘पृथक्’ जस्ता गीति एलबम स्रोतारदर्शकमाझ आएका छन् । त्यस्तै उनका ‘अतिरिक्त’, ‘भाग्य चक्र’, ‘स्वार्थी’, ‘त्यागी’, ‘बज्र घात’, ‘अपवित्र छाया’, ‘बिटुली’ ‘दगाबाज’ र ‘अधुरो प्रेम’ जस्ता उपन्यास पाठकमाझ आएका छन् । 

प्रतिक्रिया