अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०५:१७ | Colorodo: 17:32

रामको नेतृत्वमा केआरएसए

बिआरटीनेपाल २०७६ जेठ १७ गते २०:२८ मा प्रकाशित

न्यू योर्क च्याप्टरमा भारती

न्यू योर्क । रामकुमार राईको अध्यक्षतामा किरात राई सोसाइटी अफ अमेरिका (केआरएसए) को नयाँ नेतृत्व चयन भएको छ । मे २६ मा न्यू योर्कमा भएको पाँचौ महाधिवेशनले उनको नेतृत्वमा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको छ ।

बरिष्ठ उपाध्यक्षमा खगेन्द्र राई, उपाध्यक्षमा प्रताप राई र महासचिवमा मार्कस राई सर्वसम्मत निर्वाचित भएको छन् । त्यस्तै सचिवमा दिवस कोयू, कोषाध्यक्षमा राजन राई, सह कोषाध्यक्षमा नीला राई, सदस्यमा भारतीराई, दिलिप राई र सुमन नाछिरिङ निर्वाचित भएका छन् ।

नवनिर्वाचित अध्यक्ष राई यस अघि केआरएसएका बोर्ड मेम्बर हुन् । पाँचौ अधिवेशनले बोर्ड सम्बन्धी ब्यबस्था हटाएको छ । अध्यक्ष राई मृदुभाषी, मिलनसार, सबैलाई मिलाउन सक्ने, मध्यमार्गी धारका बौद्धिक नेतृत्व मानिन्छन् ।

केआरएसएको न्यू योर्क च्याप्टर अध्यक्षमा भने भारती राई पुनः सर्वसम्मत भएकी छन् । महिला हक अधिकारका पक्षमा काम गरेर आफ्नो पहिचान स्थापित गरेकी उनलाई पुनः अध्यक्ष बनिदिन युवाहरुले प्रस्ताव गरेका थिए । न्यू योर्क च्याप्टर उपाध्यक्षमा प्रेम राई, सचिवमा बिजेन्द्र राई, सहसचिवमा विजयकुमार राई, कोषाध्यक्षमा नजर राई, सह कोषाध्यक्षमा दोसन राई र सदस्यमा अरुणा राई, विमल राई र सरस्वती राई निर्विरोध निर्वाचित भएका छन् ।

किरात राई जातिको भाषा, संस्कार र संस्कृति जगेर्ना गर्ने उदेश्यले केआरएसए मे २००३ मा स्थापना भएको जातीय संस्था हो । तर, सन् २००४ मे मा मात्र किरात राई सोसाइटी अफ अमेरिका विधिवत रुपमा दर्ता भएको हो ।

केआरएसएको पहिलो अध्यक्ष डाक्टर राजकुमार राई हुन् भने पहिलो बोर्ड चेयर डाक्टर कल्याणी राई हुन् । सन् २००७ मेमा न्यू योर्कमा भएको पहिलो महाधिवेशनले अध्यक्षमा प्रकाश राईलाई निर्वाचित ग¥यो । सन् २०१० मा कोलोराडोमा भएको दोस्रो महाधिवेशनले अध्यक्षमा आकाश राई र बोर्ड चेयरमा मणि बाङ्देल राई निर्वाचित ग¥यो । सन् २०१३ मा न्यू योर्कमा भएको तेस्रो महाधिवेशनले अध्यक्ष र बोर्ड चेयरमा पुनः आकाश राई र मणि बाङ्देल राईलाई निर्वाचित ग¥यो ।

सन् २०१६ मे २१ कोलोराडोमा भएको चौथो महाधिवेशनले अध्यक्षमा चन्द्र राई र बोर्ड चेयरमा प्रमोद थुलुङलाई निर्वाचित ग¥यो ।

केआरएसको अध्यक्ष दैनिक प्रशासनिक काम गर्ने कार्यकारी प्रमुख हुन् भने बोर्ड चेयर निति निर्माण गर्ने निकाय प्रमुख हुन् । सन् २००५ मा केआरएसएको न्यू योर्क च्याप्टर, सन् २००७ मा कोलोराडो च्याप्टर र सन् २०१९ मा टेक्सास च्याप्टर गठन भएको छ । न्यू योर्क च्याप्टरका वर्तमान अध्यक्ष अध्यक्ष भारती राई र टेक्सास च्याप्टरका अध्यक्ष दिलिप राई हुन् । कोलोराडो च्याप्टरमा नयाँ कार्यसमिति निर्माण गर्ने तयारी छ । केआरएसएको अमेरिका भर २ सय ५० भन्दा बढी सदस्य छन् ।

केआरएसएस किरात राई जातिको भाषा, संस्कार र संस्कृति जगेर्ना र प्रबद्र्धनमा सक्रिय रुपमा काम गरिरहेको संस्था हो । यो संस्थाले १० वर्ष यता हरेक वर्ष नियमित रुपमा सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम सुम्निमा साँझ प्रस्तुत गरिरहेको छ । त्यस्तै कम्तिमा १५ वर्ष यता हरेक वर्ष नियमित रुपमा साकेला नाच कार्यक्रम गर्छ । यो संस्था अन्य थुप्रै सामाजिक काममा सक्रिय छ । 

प्रतिक्रिया