अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १९:११ | Colorodo: 07:26

अनेसास इटाली च्याटरको पुनर्गठन

बिआरटीनेपाल २०७६ वैशाख १४ गते १६:५९ मा प्रकाशित

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज इटाली च्याटरको पुनर्गठन भएको छ । २५ अप्रिल, २०१९ मा इटालीको रोममा साहित्यकार लीला लुइटेलको प्रमुख आतिथ्यमा स्थानीय साहित्यकारहरूको एक भेलाले च्याप्टरको पुनर्गठन गरेको हो । साहित्यकार गणेश आचार्यको अध्यक्षतामा पुनर्गठित कार्य समिति ११ सदस्यीय रहेको छ । समितिको उपाध्यक्षमा नारायणी पाण्डे, डा मुकुन्द थापा, महासचिव रमिता प्रजापति, सचिवमा सुदिप अधिकारी तथा कोषाध्यक्ष दुर्गा दत्त शर्मा रहनु भएको छ ।

त्यसै गरी सदस्यहरूमा ज्ञान बहादुर लामा, मोहन प्रजापति, रोशन खड्का, सङ्गीता शर्मा तिमिल्सिना र मिना आचार्य हुनुहुन्छ । भेलामा अनेसास इटालीका संस्थापक अध्यक्ष राम भण्डारी लगायत नीलकण्ठ पौडेल, पेशल खड्का, सुस्मिता खड्का लगायत स्थानीय नेपाली समुदायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । भेलाले चाडै नै सल्लाहकारहरूको टुङ्गो लगाउने निर्णय गरेको छ । पुनर्गठित च्याप्टर समितिका अध्यक्ष आचार्यले जानकारी गराए अनुसार स्थानीय कुनै पनि साहित्यकार नछुटोस भन्ने हेतुले कार्यसमितिको सदस्य सङ्ख्यामा थपघट गर्न सकिने छ । 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू