अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:०८ | Colorodo: 22:23

नेपाली मुलका शेष घले दम्पत्ति बने डलर अर्बपति !

बिआरटीनेपाल २०७५ चैत १६ गते १०:०० मा प्रकाशित

अष्ट्रेलियाका धनाढ्यहरुको सूचीमा रहेका गैरआवासीय नेपाली शेष घले दम्पत्ति डलर अर्बपति बन्न सफल भएको छ । बीआरडब्लु रीचमा भएको लिष्टका अनुसार घले दम्पत्तिको कुल सम्पत्ति १ अर्ब १० करोड डलर रहेको द अष्ट्रेलियन पत्रिकाले प्रकाशन गरेको सूचीमा उल्लेख गरिएको छ । अष्ट्रेलियाका धनीहरुको सूचीमा शेष घले ८६ औं र जमुना गुरुङ ८५ औं स्थानमा रहनुभएको छ ।

गत बर्ष घले दम्पतिको सम्पत्ति ८७ करोड ६० लाख डलर रहेकोमा एक बर्षमै झण्डै २३ करोड डलर सम्पत्ति थपिएको छ । यो सँगै उहाँहरुले अष्ट्रेलियाका अर्बपतिहरुको सूचीमा समेत डेब्यु गर्नुभएको छ ।

घले दम्पतिको सम्पत्तिको मुख्य स्रोत मेलवर्नमा रहेको मेलवर्न इन्ष्टिच्यूट अफ टेक्नोलोजी हो । तर, पछिल्ला दिनमा उनीहरुको धनीको सूचीमा फड्को मार्दै जानुमा भने ब्यवसायिक रियलस्टेट कारोबारको मुख्य योगदान रहेको द अष्ट्रेलियनले जनाएको छ ।

नेपालमा जन्मिएर सन् १९९० को दशकमा बिद्यार्थीका रुपमा अष्ट्रेलिया पुगेका घले दम्पत्तिले छोटो समयमा उदाहरणीय प्रगति गरेका छन् । घलेले सन् २०१३ देखि १७ सम्म चार बर्ष गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्को नेतृत्व समेत गर्नुभएको थियो । घलेले नेपालमा झण्डै १२ अर्ब रुपैयाँको लगानीमा शेराटन काठमाण्डु होटल निर्माण गरिरहनुभएको छ ।

प्रतिक्रिया