अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:१८ | Colorodo: 08:33

न्यूह्यामसायरमा सरस्वती पूजा एवं बाल प्रतिभा प्रतियोगिता भव्यरूपमा सम्पन्न

बिआरटीनेपाल २०७५ माघ २७ गते २२:०२ मा प्रकाशित

अनेसास न्यूह्यामसायरको आयोजनामा विद्ध्याकी देवी सरस्वती माताको पूजा एवं बाल प्रतिभा प्रतियोगिताको कार्यक्रम यही फेब्रूबरी ९ तारीख़ २०१९, शनिवार हुक्सेट लाइब्रेरी हुक्सेट न्यूह्यामसायरमा भव्यरूपमा सम्पन्न भएको छ। 

बोर्ड अफ ट्रस्टीको अध्यक्ष गीता खत्रीको प्रमुख अतित्थ्यतामा सम्पन्न उक्त कार्यक्रममा सेनेट मेजेरोटी लिडर सेनेटर ड्यान फेल्टसको विशेष आतित्थ्यता रहेको थियो। १५० भन्दा बढीको उपस्थिति रहेको उक्त कार्यक्रममा पण्डितबाट मन्त्रोच्चारण एवं पूजापाठ गरिनुकासाथै सरस्वती स्तोत्र वॉचन गरिएको थियो। संस्थाकी उपाध्यक्ष हरि मॉया अधिकारी र सदस्य रमा न्यौपानेले प्रमुख अतिथि, विशेष अतिथि र अतिथि गणहरूलाई खादा ओढाइ सम्मान गर्नु भएको थियो । सँग सँगै नेपाली तथा अमेरिकन राष्ट्रिय गान गाइएको थियो । कार्यक्रममा दर्जनौँ बाल बालिकाहरूले गायन, नृत्य, वाद्यवादन, चित्रकला, कविता वॉचन लगायतका विषयहरूमा ऑ-ऑफ्नो प्रतिभा रोचक ढङ्गबाट प्रस्तुत गरेका थिए । 

प्रतियोगिताको जज प्यानलमा महेश्वर पन्त, दीपा राई पुन, तिलक श्रेष्ठ र राज कपुरज्यूहरूले अहम भूमिका निभाउनु भएको थियो । कार्यक्रम अत्यन्त प्रभावकारी रहेको र ऑाफू सधैँ न्यूह्यामसायरको कार्यक्रममा ऑउन उत्साही रहने एवं साहित्य कला र संस्कृतिलाई वचॉइ राख्न यस्तै कार्यक्रमहरू हुनु पर्नेमा जोड दिनु हुँदै प्रमुख अतिथिको मन्तव्यमा विओटी अध्यक्ष गीता खत्रीले बताउनु भयो। त्यसै गरी मेजोरिटी लिडर सेनेटर डेन फेल्टेसले ऑफू कार्यक्रमबाट प्रभावित भएको र यस्ता कार्यक्रमले कम्यूनिटीमा महत्त्व पूर्ण भूमिका खेल्ने भन्दै कार्यक्रम सफलताको कामना गर्नु भयो। सभा अध्यक्ष कृष्ण कुमार गिरीले प्रमुख अतिथि वीओटी अध्यक्ष गीता खत्री र विशेष अतिथि सेनेटर ड्यान फेल्टसलाइ सहभागिताकोलागि धन्यवाद दिँदै मॉयाको चिनो प्रदान गर्नु भएको थियो। त्यसै गरी न्यूह्यामसायर च्याप्टर बीओटी सदस्यहरू खडिमान राई, मुक्ति नारायण राई र उमेश कोइरालालाई प्रमुख अतिथि गीता खत्री र विशेष अतिथि ड्यान फेल्टेसले खादा तथा प्रमाण पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो। 

केन्द्रीय सचिव कवि लाल गोपाल सुवेदीले ऑफूलाइ न्यूह्यामसायरले बाल्यकालको स्मरण गराएको भन्दै न्यूह्यामसायर कविता वॉचन गर्नु भएको थियो। त्यसै गरी कवि तथा वोस्टन च्याप्टर उपाध्यक्ष सुशील नेपाल, के. स. अग्नि पराजुली , तारा देवी नेउपाने, हरि मॉया अधिकारी, कवयित्री दीपा राई पुन, रमा नेउपाने लगायतले ऑ-ऑफ्ना रचना वॉचन तथा गायन गरी कार्यक्रमको रोचकता थप्नु भएको थियो। एकै स्थानमा सरस्वती पूजा, कविता वाचन र बाल प्रतिभा प्रदर्शन जस्तो भव्य कार्यक्रम सफल सञ्चालन गरेकोमा उपस्थित महानुभावहरूबाट आयोजकलाई धन्यवाद व्यक्त गर्नु भएको थियो।

कार्यक्रमका सभापति तथा च्याप्टर अध्यक्ष कृष्ण कुमार गिरीले प्रमुख अतिथि, विशेष अतिथि, अनेसास परिवार, सहभागी प्रतिभाहरू, निर्णायक मण्डल, सम्पूर्ण सङ्घ संस्था र व्यकितिहरूलाइ धन्यवाद दिँदै यॉहमहरूकै कारण यो कार्यक्रम यसरी सफल भएको वतॉउदै ऑफ्नो रचना वाचन एवं कार्यक्रम समापन गर्नु भएको थियो। कार्यक्रमलाई यथासक्य व्यवस्थित गर्दै नगद दान तथा खान- पिन मा सहयोग गर्ने सबैको नामावली उद्घोषण गर्दै कोषाध्यक्ष दर्पण किराँत राईले सबैलाई धन्यवाद दिनु भएको थियो। 

संस्थाका प्रधान सम्पादक एवं विओटी अवार्ड कमिटी सदस्य ईश्वरी भट्टले यस कार्यक्रमको ऐतिहासिकता माथि प्रकाश पर्दै यस कार्यक्रमलाई सफल पार्न उपस्थित प्रमुख अतिथि, विशेष अतिथि, अतिथि गण, जज अफ बोर्ड, प्रतियोगी भाइ बैनाहरू, स्वयम् सेवकहरू, हुक्सेट लाइब्रेरी, सम्पूर्ण सङ्घ संस्थाका प्रतिनिधिहरू, चन्दा दाता एवं परिकार बनाइ सहयोग गर्ने सम्पूर्णमा एक मुष्ठ हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो।

प्रतियोगितामा प्रथम, व्दितीय, तृतीय र सान्त्वमा प्राप्त गर्नेहरूको नामावली जज प्यानल संयोजक महेश्वर पन्तले पढेर सुनाउनु भयो भने कार्यक्रमका प्रमुख अतिथि वीओटी अध्यक्ष गीता खत्री, के. सचिव लाल गोपाल सुवेदी र सभा अध्यक्ष कृष्ण कुमार गिरीज्यूहरूले पुरस्कृत बाल बालिकाहरूलाई पुरस्कार, प्रमाण पत्र र खादा प्रदान गर्नु भक्एको थियो।प्रतियोगीहरू- रेवन्त वाग्चन, नेहा शर्मा, स्तुति खतिवडा, विप्लव खतिवडा, रितेश आचार्य, आयूस मित्र, आन्या वैद्य , विदीसा गुरुङ, स्पर्धा गुरुङ, शुवर्ना राई, आलेख राई, प्रज्ना अधिकारी, प्रमसु अधिकारी, गार्सील्यान मेहता, रीसीमा सिंह, श्रेया खनाल, श्रीयाम रिमाल, रिवाज भण्डारी, अश्विनी गुरुङ, सजिल गुरुङ, अग्रिमा गुरुङ, आभूषण गुरुङ लगायत हुनु हुन्थ्यो र हेमा ढुङेलले अप्रतियोगितात्मक नाच प्रदर्शन गरेकी थिइन् ।

भव्य रूपमा सम्पन्न उक्त कार्यक्रम आर्जु पराजुलीले रोचक शैलिमा सञ्चालन गरेकी थिइन भने तलवा बाधक प्रेम सागर खतिवडाले सङ्गीत तथा वाद्यवादनमा सहयोग गर्नु भएको थियो। कार्यक्रममा आयोजक र सहयोगी मित्रहरूको तर्फबाट स्वादिष्ट परिकारहरूको निःशुल्क व्यवस्था गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू