अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १४:०२ | Colorodo: 02:17

अमेरिकामा कहाँ कहाँ बढ्दैछ न्यूनतम पारिश्रमिक ?

बिआरटीनेपाल २०७५ पुष १२ गते २३:१५ मा प्रकाशित

एजेन्सी । नयाँ वर्षदेखि रोसा रिभेराले घण्टाको १५ डलर पारिश्रमिक पाउनेछिन् । उनी म्यानह्याटनको म्याकडोनाल्डमा काम गर्छिन् । पाँच वर्ष अघि उनी त्यहाँ त्यसको आधा कमाउँथिन् । सन् २०१२ देखि उनी र उनका साथीहरूले न्यूनतमक पारिश्रमिक वृद्धिका लागि अथक पैरवी गरे । कहिले काहीँ त उनीहरू विरोधमा पनि उत्रे ।

छोरासँग ब्रोंक्समा बस्दै आएकी यी ५३ वर्षिया महिलाले अब कुन अब कुन विल पहिला तिर्ने भनेर सोचिरहनु पर्ने दिन सकिए भन्दा हुन्छ । ‘घण्टाको साढे ७ डलरले गुजारा चलाउन मुस्किल थियो,’ उनले भनिन्, ‘१५ डलर भएपछि म भाडा र बिल समयमै तिर्न सक्छ । यातायात सुविधा उपभोग गर्न सक्छु र शायद थोरै पैसा जोगाउन पनि सक्छु ।’

न्यू योर्कका अतिरिक्त डिस्ट्रिक अफ कोलम्बियासहित २१ राज्यले सन् २०१९ मा न्यूनतम पारिश्रमिक वृद्धि गर्दैछन् । यसबाट १७ मिलियन कामलार लाभान्वित हुने अनुमान गरिएको छ । न्यूनतम पारिश्रमिक या त कम आय भएका कामदारलाई सहयोग गर्न निर्मित नीतिका कारण हुन्छ, या महंगी वृद्धि अनुसार जीविका चलोस् (लिभिङ कष्ट एडजस्टमेन्ट) भन्ने उदेश्यले गरिन्छ । लिभिङ कष्ट एडजस्टमेन्ट गर्दा न्युनमत पारिश्रमिकमा थोरै मात्र वृद्धि हुन्छ ।

‘सन् २०१९ मा गरिने न्यूनतम पारिश्रमिक वृद्धिबाट केही वर्ष कामदारलाई सजिलो हुन्छ,’ नेल्पस्थित अनुसन्धाता तथा नीति विश्लेषक यानेट ल्याथ्रोप भन्छिन् । तर, कतिपय राज्यमा प्रतिघण्टा १५ डलर नयुनतम पारिश्रमिकले जीविका धान्दैन ।
न्यूनतम पारिश्रमिक कहाँ कति ?

अलास्काः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ९.८४ डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ९.८९ डलर
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः कष्ट अफ लिभिङ एडजस्टमेन्ट

एरिजोनाः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १०.५० डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ११ डलर
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः सन् २०२० सम्म १२ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको तेस्रो कदम ।

अरकान्सास:
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.५० डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ९.२५ डलर
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः सन् २०२१ सम्म ११ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको पहिलो कदम ।

क्यालिफोर्नियाः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ११ डलर (ठुला रोजगारदाता), १०.५० डलर (साना रोजगारदाता)
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १२ डलर
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः सन् २०२२–२३ सम्म १५ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको तेस्रो कदम ।

कोलोराडोः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १०.२० डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ११.१० डलर
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः सन् २०२० सम्म १२ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको तेस्रो कदम ।

डेलावरः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.२५ डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.७५ डलर÷९.२५ डलर
वृद्धि मितिः जनवरी २०१९÷अक्टोबर २०१९
वृद्धिको कारणः सन् २०१९ सम्म ९.२५ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको कदम ।

डिस्ट्रिक अफ कोलम्बियाः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १३.२५ डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १४ डलर
वृद्धि मितिः १ जुलाई २०१९
वृद्धिको कारणः सन् २०२० सम्म १५ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको चौथो कदम ।

फ्लोरिडाः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.२५ डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.४६ डलर
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः कष्ट अफ लिभिङ एडजस्टमेन्ट

मेनः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १० डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ११ डलर
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः सन् २०२० सम्म १२ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको तेस्रो कदम ।

म्यासाचुसेटः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ११ डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १२ डलर
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः सन् २०२३ सम्म १५ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको पहिलो कदम ।

मिशिगनः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ९.२५ डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ९.४८ डलर
वृद्धि मितिः मार्च वा अप्रिल
वृद्धिको कारणः सन् २०३० सम्म १२ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको पहिलो कदम ।

मिनेसोटाः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ९.६५ डलर (ठुला कम्पनी), ७.८७ डलर (साना कम्पनी)
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ९.६५ डलर (ठुला कम्पनी), ८.०४ (डलर कम्पनी)
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः कष्ट अफ लिभिङ एडजस्टमेन्ट

मिजोरीः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ७.८५ डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.६० डलर
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः सन् २०२३ सम्म १२ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको पहिलो कदम ।

मोन्टानाः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.३० डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.५० डलर
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः कष्ट अफ लिभिङ एडजस्टमेन्ट

नेभाडाः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.२५ डलर (विद् बेनेफिट
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः लेबर कमिसनले निर्णय गर्ने ।
वृद्धि मितिः १ जुलाई २०१९
वृद्धिको कारणः कष्ट अफ लिभिङ एडजस्टमेन्ट

न्यू जर्सीः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.६० डलर (विद् बेनेफिट
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.८५
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः कष्ट अफ लिभिङ एडजस्टमेन्ट

न्यू योर्कः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ठुला कम्पनी १३ डलर, साना कम्पनी १२ डलर (न्यू योर्क सिटी), ११ डलर लङ आइल्याण्ड र वेस्ट चेस्टर काउन्टी, १०.४० डलर न्यू योर्कका अन्य ठाउँ ।
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः लेबर कमिसनले निर्णय गर्ने ।
वृद्धि मितिः ३१ डिसेम्बर २०१८
वृद्धिको कारणः सन् २०१८–२१ सम्म १५ डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको चौथो कदम ।

ओहायोः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.३० डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.५५ डलर ।
वृद्धि मितिः १ जनवरी २०१८
वृद्धिको कारणः कष्ट अफ लिभिङ एडजस्टमेन्ट ।

अरेगनः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १२ डलर (पोर्टल्याण्ड), १०.७५ डलर (स्ट्याडर्ड), १०.४० डलर ग्रामीण क्षेत्र ।
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः लेबर कमिसनले निर्णय गर्ने ।
वृद्धि मितिः १ जुलाई २०१९
वृद्धिको कारणः सन् २०२२ सम्म विभिन्न ठाउँका लागि स्वीकृत न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको चौथो कदम ।

रोड आइल्याण्डः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १०.१० डलर
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १०.५० डलर ।
वृद्धि मितिः ३१ डिसेम्बर २०१८
वृद्धिको कारणः सन् २०१९ सम्म १०.५० डलर न्यूनतम पारिश्रमिक पु¥याउन चालिएको अन्तिम कदम ।

साउथ डकोटा
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ८.८५ डलर ।
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ९.१० डलर ।
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः कष्ट अफ लिभिङ एडजस्टमेन्ट

भर्मन्टः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १०।५० डलर ।
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १०.७८ डलर ।
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः कष्ट अफ लिभिङ एडजस्टमेन्ट

वाशिङ्टनः
वर्तमान न्यूनतम पारिश्रमिक प्रतिघण्टाः ११.५० डलर ।
सन् २०१९ को न्यूनतम पारिश्रमिक प्रतिघण्टाः १२ डलर ।
वृद्धि मितिः १ जनवरी २०१९
वृद्धिको कारणः सन् २०२० सम्म न्यूनतम पारिश्रमिक १३.५० डलर पु¥याउन चार्लिएको तेस्रो कदम ।

प्रतिक्रिया