अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०१:५८ | Colorodo: 14:13

बाल्टिमोरले ट्रम्पलाई मुद्दा हाल्यो, आप्रवासीलाई दुःख दिएको अभियोग

बिआरटीनेपाल २०७५ मंसिर १४ गते ११:१२ मा प्रकाशित

आप्रवासीलाई दुःख दिएको भन्दै द सिटी अफ बाल्टिमोरले ट्रम्प प्रशासन विरुद्ध मुद्दा हालेको छ ।

सम्भावित आप्रवासी र आप्रवासीका परिवारलाई अमेरिका आउन कठिन बनाएको तथा उनीहरूका लागि फुड स्ट््याम्प, आवास र मेडिकेडजस्ता सरकारी सुविधा पाउन कठिन बनाएको भन्दै द सिटी अफ बाल्टिमोरले ट्रम्प प्रशासन विरुद्ध मुद्दा हालेको हो । ट्रम्प प्रशासनले गत जनवरीमा नियम परिवर्तन गरी आप्रवासीका लागि भिसा तथा सरकारी सुविधा प्राप्त गर्न कठिन बनाएको हो ।

द सिटी अफ बाल्टिमोरका सोलिसिटर आन्द्रे डेभिसले ट्रम्प प्रशासन विरुद्ध हालिएको यो मुद्दा पहिलो भएको बताए । ‘जहाँसम्म मलाई थाह छ ट्रम्प प्रशासन विरुद्ध हालिएको यस्तो प्रकारको यो मुद्दा पहिलो हो,’ उनले भने ।

मेयर्स अफिस अफ इमिग्रेन्ट््स अफेयरकी निर्देशक क्याटालिना रोड्रिग–लिमाले पत्रकार सम्मेलनमा ट्रम्प प्रशासनले बाल्टिमोरलाई आप्रवासी भित्र््याउनबाट रोक्न प्रयास गर्न सक्ने बताइन् । ‘तर हामी आप्रवासीलाई भित्र््याउन र समाजमा घुलमिल गराउन जे सक्छौँ त्यो गर्छौँ,’ उनले भनिन् ।

द सिटी अफ बाल्टिमोर र डिमक्रसी फरवार्ड नामक गैर नाफामूलक संस्थाले ट्रम्प प्रशासन विरुद्ध संयुक्त मुद्दा हालेको हो । यसले सङ्घीय कार्यकारी निकायबाट हुने गैरकानुनी काम रोक्ने उद्देश्य लिएको छ ।

‘आप्रसावासीहरु यी सुविधामा भर पर्दैनन्,’ यो मुद्दा हेरिरहेका डिमक्रसी फरवार्डका अधिवक्ता जोन लेविसले भने, ‘यी यस्ता अतिरिक्त सुविधा हुन् जुन उनीहरूले अप्ठ्यारो पर्दा उपभोग गर्न सक्छन् ।’

मुद्दा नगद सुविधा र दीर्घकालीन सुविधा उपभोग गर्न सक्ने आप्रवासीलाई भिसा दिने सम्बन्धमा फरेन अफेयर्स म्याुनअलमा भएको नियम लक्षित छ । जनवरीदेखि लागू यो नियमले कूटनीतिज्ञलाई निःशुल्क विद्यालय, रोजगारीसम्बन्धी प्रशिक्षण र स्वास्थ्य सुविधा उपभोग गर्न सक्ने सम्भावना रहेका अमेरिकामा बसोबास गरिरहेका आफन्तलाई भिसा दिने÷नदिने निर्णय गर्ने अधिकार दिएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प, युएस डिपार्टमेन्ट अफ स्टेट र सेक्रेटरी अफ स्टेट माइकल पोम्पियो भनेर किटानी मुद्दा हालिएको छ । जनवरीमा परिवर्तन गरिएको नयाँ नियमले सङ्घीय कानुन र इक्वेल प्रोटेक्सन सम्बन्धी संवैधानिक व्यवस्था मिचेको दाबी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू