अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ११:३६ | Colorodo: 23:51

बोस्टनमा सिर्जना उत्सवको ३८औं शृंखला

बिआरटीनेपाल २०७५ मंसिर १२ गते २०:४३ मा प्रकाशित

विगत चार वर्षदेखि अमेरिकाको बोस्टनमा मासिक रूपमा आयोजना हुँदै आएको सिर्जना उत्सवको ३८औं शृंखला सम्पन्न भएको छ | साहित्यकार महेश्वर पन्तको संयोजन तथा शारदा पन्तको प्रायोजनमा आयोजित रात्रीभोज सहितको उक्त उत्सवमा विभिन्न साहित्यकार तथा सङ्गीतकारद्वारा कविता, गीत – गज़ल र साङ्गीतिक कोसेली प्रस्तुत गरिएको थियो |

कार्यक्रमको प्रथम चरणमा बोस्टनका प्रसिद्ध तबला वादक प्रेम सागर खतिवडा तथा हरिमाया अधिकारीद्वारा साङ्गीतिक गीत गज़ल प्रस्तुत गरिएको थियो भने दोस्रो चरणमा डेढ दर्जन कविहरूले सिर्जना वाचन गरेका थिए |

दीपा राई पुनबाट सुरु भएको कविता वाचनमा ममता कर्माचार्य, अनु शाह, गोवर्द्धन पूजा, महेश्वर पन्त, नारायण श्रेष्ठ, लव अधिकारी ,चिरञ्जीवी आचार्य, जयराम रेग्मी , थानी रत्न कँडेल, अग्नि पराजुली, प्रकाश खड्कालगायतले सहभागिता जनाएका थिए | कार्यक्रमका सभापति अग्नि पराजुलीले आगामी कार्यक्रम न्युह्याम्पश्यारमा गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रमको प्रायोजन उमा पराजुलीले गर्ने घोषणा गरे |

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू