अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०९:२५ | Colorodo: 21:40

नेपालको विकास र समृद्धिमा चीनको सधैँ साथ रहनेछ: राजदूत होङ्ग

धनन्जय बुढा २०७५ मंसिर ११ गते ६:४० मा प्रकाशित

काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत यु होङ्गले नेपाल र चीनको प्रचिन काल देखि एक असल मित्र रहँदै आएको र नेपालको विकास र समृद्धिमा चीनको सधैँ सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । मङ्गलवार राजधानीमा ‘पर्यटन व्यवसायीको लागि तेस्रो चिनियाँ भाषा तालिम समापन’ समारोहलाई सम्बोधनका क्रममा सो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

राजदूत होङ्गले सन २०१८ नेपाल तथा चीन दुवै देशका लागि महत्त्वपूर्ण तथा अर्थपूर्ण वर्ष भएको बताइन्, नेपालमा नयाँ संविधान जारी भयसँगै दुई तहका निर्वाचन भएको र अहिले स्थिर सरकारले विकास र समृद्धिको बाटो पकड्न सफल भएकोप्रति आफू खुसी भएको बताइन् ।

साथै चीनमा सुधार र खुलापनको ४० औं वर्षगाँठ र ‘बेल्ट एण्ड रोड ईनिसिएटिभ परियोजना’को पनि ५ वर्ष पूरा भएको बताउँदै उनले भनिन्, “नेपाल तथा विश्वमा नै यस परियोजनाको सकारात्मक प्रभाव पारिहेको छ ।” राजदूत होङले नेपाल र चीन सीमा जोडिएको एक असल छिमेकी भएको नाताले पनि दुबै देशले एकअर्काको भाषा र संस्कृतिको आदानप्रदान कार्यलाई आगामी दिनमा थप जोड दिनु पर्ने पनि बताइन् ।

त्यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको राम्रो सहयोग रहँदै आएको बताएका छन् । साथै पछिल्लो समयमा चीनले भाषा र सांस्कृतिक क्षेत्रमा पनि सहकार्य बढाउन इच्छुक भएकोमा धन्यवाद दिए ।

नेपाल सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा.हरिसचन्द्र साहले विगतका वर्षमा पनि चिनियाँ राजदूतावास,पर्यटन तथा संस्कृत मन्त्रालयको समन्वयमा आफूहरूले गरेको चिनियाँ भाषा शिक्षण कार्य सन्तुष्टि जनक भएको बताए ।

यस वर्ष ४० जनाले चिनियाँ भाषाको एचएसके ३ (तेस्रो तह) को परीक्षा दिएको र त्यस मध्ये २९ जनाले उत्तीर्ण गर्न सफल भएको पनि अध्यक्ष साहले जनाकारी दिए । साथै कार्यक्रममा विद्यर्थीहरुले चिनियाँ गीत सङ्गीत तथा नृत्य प्रदर्शन गरेका थिए ।

फोटो: सुनिल शर्मा

सम्बन्धित सामग्रीहरू