अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:५० | Colorodo: 21:05

उमेद्वारीको घोषणा

बिआरटीनेपाल २०७५ मंसिर ९ गते १९:३९ मा प्रकाशित

पद : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको कोषाध्यक्ष
नाम : राम लामा अविनाशी
योग्यता : स्नातक तह (वाणिज्य शास्त्र)
बसाई : हाल, लस एन्जलस अमेरिका

अनेसास प्रति योगदान:
* अनेसास राम लामा च्याप्टर पुरस्कार दाता
* अनेसास राम लामा अविनाशी सर्वोत्कृष्ट पुरस्कार दाता

अनेसाससँग संग्लग्नता : सचिव लस एन्जलस च्याप्टर, आजीवन तथा ट्रस्टी सदस्य ।

कोषाध्यक्ष बन्न रहर गर्नुका आधारहरू:
अनेसासको स्थापना काल देखी हाल सम्म विभिन्न व्यक्तित्वहरूको महत्त्वपूर्ण देन रहँदै आएको छ । त्यस्ता सबै अग्रजहरू प्रशंसा र सम्मानका पात्रहरू हुनुहुन्छ । उहाँहरूले खोश्रेको गोरेटो हाल राजमार्ग बनी विश्व भरि फैलाइसकेको अवस्था छ । जुन राजमार्गमा नेपालको विकट गाउँको बारी काल्ना भिर पाखामा भेटिएका हरफहरू बोकेर खाडी मुलुक , जापान कोरिया जस्ता एसियन देशहरू, युरोप अमेरिका र क्यानडा आदि देशहरू सम्म पुगेर गुन्जीई रहेका छन् । कहिले कविताको रूपमा त कहिले गीतको रूपमा । कहिले गजलको रूपमा त कहिले मुक्तकको रूपमा । कहिले कथाको रूपमा त कहिले हाइकुको रूपमा ।

यसरी, गाउँघरमा भोटो कक्षाड र गुन्यु चोली लगाएर खनी खोश्री गर्दा हुन या घाँस दाउरा गर्दा पसिनाका थोपा सँगै चुहिने अक्षरहरू सङ्कलित भएर विकसित देशका सुन्दर स्टेजहरूमा नेपाली दौरा सुर्वाल र ढाका टोपी तथा साडी चोलीमा ठांट्टिएर वाचन गर्ने सौभाग्य जुरेको छ । जसको श्रेह नेपाली साहित्य समाजलाई जान्छ । यस्तो गर्वीलो संस्थामा सक्रिय र सक्षम साहित्य प्रेमीहरूको जमातमा आफूलाई पनि उभ्याउंने रहर जाग्यो ।

आज, अनेसास नेपाली साहित्यलाई नेपाली- नेपालीको बिच मात्र नभएर अन्तर्राष्ट्रिय पाठकका हात-हातमा पुर्‍याउने नयाँ योजनामा कृयासिल छ । विदेशी पाठकहरूले बुझ्ने भाषाका स्तरिय साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउन पक्का पनि सजिलो कार्य छैन । अनेसास भवन निर्माण गर्ने बारे निर्णय भइसकेको छ । जस्का लागि विभिन्न क्षेत्रबाट सक्षम व्यक्तिहरूको सहभागिता अपरिहार्य छ । यो आर्थिक पाटोलाई नियन्त्रण र व्यवस्थित गर्नको लागि आज सम्म कसैको पनि उम्मेदवारी परेको छैन । त्यसैले यो जिम्मेवारी वहन गर्ने सोचका साथ यो अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको कोषाध्यक्ष पदको लागि उम्मेदवारी घोषणा गरेको छु ।

 

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू