अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:५३ | Colorodo: 19:08

राष्ट्रपतिले आफ्नो चरित्र संस्था सुहाउँदो बनाउनुपर्छः कांग्रेस नेता दिपक खड्का

बिआरटीनेपाल २०७५ मंसिर ९ गते ८:४७ मा प्रकाशित

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री दीपक खड्काले राष्ट्रपतिको लागि गाडी खरिद गर्ने कुरालाई आफूले ठूलो विषय नमानेको बताउनुभएको छ । राजधानीमा भएको एक कार्यक्रममा बोल्दै उहाँले नेपालको गौरवको निम्ति र सुरक्षाको हिसाबले अन्य आवश्यकीय बस्तु जस्तै गाडीको व्यवस्था पनि गर्नुपर्ने बताउनुभएको हो ।

यद्धपी उहाँले यत्रो कुरा बाहिर आईसकेकोले अब गाडी विलाषीको लागि हो वा आवश्यकत्ता हो भन्ने कुरा सम्बन्धित निकायले प्रष्ट पार्नुपर्नेमा जोड दिनुभयो । नेता खड्काले तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णयलाई राष्ट्रपतिले दुई महिनासम्म थन्काएको उल्लेख गर्दै राष्ट्रपतिजस्तो सम्मानित व्यक्ति पार्टीको जसरी प्रस्तुत हुन नहुने बताउनुभयो । दशैंको बेला पूर्व सम्मानित व्यक्तिलाई टिका लगाएको दृश्यपनि अस्वभाविक रहेको प्रसंग उल्लेख गर्दै उहाँले यस्ता विषय पदमा बस्नेले जान्नुपर्ने विषय रहेको टिप्पणी गर्नुभयो ।

राष्ट्रपति संस्थाप्रति नेपाली जनताले विश्वास हासिल गर्न सकुन र संस्थाले आफूले गर्नुपर्ने भूमिकामा कहीँ नचुकोस् भन्ने आफूहरुले चाहेको रहेको नेता खड्काको भनाई थियो । मुलुक राजतन्त्रलाई फालेर राष्ट्रपतीय शासन व्यवस्थामा रहेको अवस्थामा व्यवस्थाको जगेर्ना गर्ने सवैको दायित्व रहेको स्पष्ट पार्दै उहाँले तर पदमा बसेका मान्छेले पनि यस्ता बिषयको ख्याल गर्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू