अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०६:०६ | Colorodo: 18:21

ब्लाक फ्राइडेको दिन न्यु जर्सीको एक सपिङ मलमा गोली प्रहार

बिआरटीनेपाल २०७५ मंसिर ७ गते २१:५७ मा प्रकाशित

न्यु जर्सीको एलिजाबेथ सहर स्थित एक सपिङ मलमा गोली प्रहार भएको छ । गोली प्रहारबाट एक व्यक्ति घाइते भई युनिभरसिटी अस्पताल लागिएको स्थानिय प्रहरीले जनाएको छ । एक प्रत्यक्षदर्शी अनुसार साँझ ८ बजे तिर दुई जना मानिस मार्सल पसल नजिकै झगडा गरिरहेका थिए, त्यसै बेला एक जनाले बन्दुक निकालेर गोली चलायो । एलिजाबेथ सहर न्यु जर्सीको युनियन काउन्टीको सबै भन्दा ठुलो सहर हो भने न्यु जर्सी राज्य कै चौथो अत्यधिक जनघनत्व भएको सहर हो ।

गोली चल्ने उक्त सपिङ मलमा आएका सबै ग्राहकहरूलाई खाली गरिएको छ । आज ब्लाक फ्राई डे भएकोले वर्ष कै सर्वाधिक सस्तो सामान पाइने र सबै भन्दा व्यस्त हुने उक्त जर्सी गार्डेन मल नामक सपिङ मलमा उक्त घटना घटेको हो । उक्त दिन करिब २५,००० मानिस सामान खरिद गर्न मल पुगेका थिए ।  

तस्बिर स्रोत : nbcphiladelphia.com

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू