अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १०:३३ | Colorodo: 22:48

राष्ट्रपति ट्रम्प र प्रधान्यायाधीश रोबर्टस बीच आरोप-प्रत्यारोप

बिआरटीनेपाल २०७५ मंसिर ६ गते ९:०६ मा प्रकाशित

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र अमेरिकी सर्वोच्च अदालतका प्रधानन्यायाधीश जोन रोबर्टसबीच आरोप प्रत्यारोप चलेको छ । संघीय न्यायाधीहरुप्रति राष्ट्रप्रति डोनाल्ड ट्रम्पले दिने ब्यङ्ग्यपूर्ण आलोचनाप्रति प्रधानन्यायाधीश जोन रोबर्टस कडा टिप्पणी गरेपछि उहाँहरुवीच आरोप प्रत्यारोप चलेको हो ।

सर्वोच्च अदालतका प्रधानन्यायाधी जोनले पहिलो पटक राष्ट्रपति ट्रम्पविरुद्ध टिप्पणी गर्नुभएको हो । राष्ट्रपति ट्रम्पले आफ्नो शरणार्थी नीतिबारे फैसला गर्ने न्यायाधीशहरुलाई ओबामा न्यायाधीश भनेपछि प्रधानन्यायाधीश रोबर्टस प्रतिवादमा उत्रिनुभएको अमेरिकी संचारमाध्यमहरुले जनाएका छन् ।

प्रधानन्यायाधीश जोनले आफुहरुसँग नत ओमामा न ट्रम्प, बुश र क्लिन्टन कुनै पनि खाले न्यायाधीश नभएको टिप्पणी गर्नुभएको छ । अमेरिकी न्यायलयमा असाधारण र प्रतिबद्ध न्यायाधीशहरु रहेको भन्दै प्रधानन्यायाधीश रोवर्टसले स्वतन्त्र न्याय सम्पादनका लागि उनीहरुप्रति आभारी हुनुपर्ने बताउनुभयो ।

प्रधानन्यायाधीश रोवर्टस को टिप्पणीको ट्वीटरमा प्रतिक्रिया दिँदै राष्ट्रपति ट्रम्पले ओबामा न्यायाधीश भएकैले आप्रवासन, सीमा र सुरक्षाका विषयमा आफ्नो नीतिमा अवरोध आएको उल्लेख गर्नुभएको छ । न्यायलयका उच्च सदस्य र राष्ट्रपतिबीच अमेरिकामा विरलै द्धन्द देखिने गर्दछ ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू