अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: २०:३६ | Colorodo: 08:51

सेन्ट लुइस मिजौरीमा लक्ष्मी जयन्ती सम्पन्न

बिआरटीनेपाल २०७५ मंसिर ३ गते १३:३५ मा प्रकाशित

सेन्ट लुइस मिजौरी, अमेरिकामा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज मिजौरी च्याप्टरको आयोजनामा महाकवि लक्ष्मी प्रसाद देवकोटाको ११० औँ जयन्ती भव्यताका साथ सम्पन्न भई मनाइएको छ।

उक्त कार्यक्रममा, अध्ध्क्षता मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन च्याप्टरको सचिव सदन पोखरेलले गर्नु भएको थियो । कार्यक्रममा आदिकवि भानुभक्त आचार्य , युवाकवी मोतीराम भट्ट, माहाकवी देवकोटा आदिको तस्बिरहरूमा माल्यार्पण, दीप ज्योति प्जवलन र राष्ट्रिय गानबाट सुरुवात भएको थियो।

उक्त कार्यक्रममा, श्वागद गर्दै कवि बलराम पन्थीले देवकोटाको जीवनी र प्रतिभाबारे भन्नु भएको थियो भने कार्यक्रममा देवकोटाको बीलक्षणता बारे अरू सहभागीहरूले पनि भन्नु भएको थियो । कार्यक्रममा यस क्षेत्रका विभिन्न साहित्यकारहरूले आ-आफ्नो कविता पाठ गर्नुको साथै माहाकवी देवकोटाबाट रचित गीतहरू पनि सहभागीबाट गायन गरिएको थियो । त्यसै गरी कार्यक्रममा माहाकवी देवकोटाबाट रचित “पागल” र “मुनामदन” कविताहरूको सानो नाटकहरू पनि देखाइएको थियो ।

त्यसै गरी कार्यक्रमको अन्तिममा मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले बहुप्रवृत्ति भएका देवकोटा आफैमा विश्वविद्यालय भएको तथ्य औँल्याउँदै वहाँको मानवतावादी दर्शनलाई हामीले व्यवहारमा समेत उतार्न सक्नुपर्ने बताउनु भएको थियो । त्यसै गरी मिजौरी च्याप्टरकी अध्यक्ष उर्मिला निर्दोषीले देवकोटाको डिल्लीबजारको घर “देवकोटा सँगालय” बनाईयोस र अनेसासले यसमा भर मजदुर मद्दत गरोस् भन्ने धारणा राख्नुभयो । वहाँले नेपाली भाषा र साहित्यलाई कसरी दोस्रो पुस्तामा हस्तान्तरण गर्न सकिन्छ भन्नेमा हामी सबै गम्भीर बन्नुपर्ने धारणा राख्दै सभा बीस्रजन पछि अध्यक्ष उर्मिला निर्दोषीले सहभागी सबैलाई जलपान समारोहमा सामेल हुन अनुरोध गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू