अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: १८:५९ | Colorodo: 07:14

अमेरिकामा जमेको पानीमा मनाइयो छठ

बिआरटीनेपाल २०७५ मंसिर २ गते ९:५५ मा प्रकाशित

सात समुद्र पारी अमेरिकाको हाड जमाउने जाडोमा लोक आस्थाको महापर्व छठ मनाइएको छ । यो लोक-पर्वलाई विदेशमा रहेर पनि आफ्नो धर्म कला संस्कृतिलाई जोगाएर राख्नका लागि तथा नेपाली मधेसी संस्कृतिलाई विश्व सामु चिनाउन न्यु योर्क अल्बानी मधेसी समाज, अमेरिकाका मधेसी युवाहरूद्वारा न्यु योर्क राज्यको राजधानी अल्बानीको हिन्दु मन्दिरमा रहेको पोखरीमा यस पर्वको छठ आयोजना गरेका थिए । 

११ नोवेम्बरका दिन “नहाय खाए” बाट सुरु भएको पर्व ४ दिनसम्म विभिन्न पूजा-आज गरेर मनाइयो । १३ नोवेम्बरका दिन “सम्झिया घाट” को विधि अस्ताँउदै सूर्यलाई र १४ नोवेम्बेर बिहानका दिन उग्दै गरेको सूर्यलाई अर्घ्य दिएर सम्पन्न भयो ।

न्यु योर्क महानगर, बोस्टन, कनेटिकटका मधेसी समुदायका साथै विश्वभरिका छठ पर्वमा आस्था राख्नेहरूको बाक्लो उपस्थिति रह्यो । भारी हिमपातका बिच पनि करिब ७५ श्रद्धालुहरूले सूर्य भगवानको पूजा गरे । चाखलाग्दो कुरा के रह्यो भने माइनस ७ डिग्री जाडोका कारण जमिसकेको पोखरीलाई हीटर लगाएर पघालियेको थियो । “दौरा”, “सुप”, नांग्लो, “बहंगी”, इत्यादिको व्यवस्था अमेरिकामा रही आएका गयाना देशका समाजले गरेको थियो । छठ व्रतालु सिम्रौनगढ़की निर्मला सिंहले जमेको पोखरामा गएर सूर्य देवीलाई अर्घ्य दिइन । विहार, उतर प्रदेश, पश्चिम बङ्गाल, दिल्लीका साथै दक्षिण भारतीयहरू र स्थानीय अमेरिकीहरूले समेत सूर्य भगवानलाई नमन गरेका थिए । 

विश्वमा मधेसी संस्कृति र कला-पहिचानको संवर्धनका लागि न्यु योर्क अल्बानी मधेसी समाज, र छठ पर्व का संजोयक प्रशान्त साहको अगुवाइमा ५१ सदस्यीय कमिटी बनाइयेको थियो। विभिन्न कार्यक्रम मार्फत नेपाली मधेसी संस्कृतिलाई विश्व सामु चिनाउन अग्रसरताका साथै नेपाल मधेसमा हर सम्भव सहयोगको प्रतिबद्धताका लागि न्यु योर्क अल्बानी मधेसी समाज, अमेरिका सधैँ साथ रही रहने कुराको जानकारी विजय चन्द्रले गराउनु भयो । 

प्रतिक्रिया