अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०८:४५
| Colorodo: 21:00
नेविसंघको विषयमा सहमति जुट्न नसक्दा नेपाली काँग्रेसको केन्द्रीय समिति बैठक अनिश्चित भएको छ । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक यो समाचार तयार पार्दा सम्म सुरु हुन सकेको छैन । सहमतिको प्रयास स्वरुप आज पार्टी कार्यालय सानेपामै सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेल समूहको छुट्टाछुट्टै बैठक बसेका छन् । बैठकमा दुई पक्ष नै नेविसंघको विषयमा कसरी अघि बढ्ने भन्ने विषयमा रणनीति बनाउन जुटेको बताइएको छ । नेताहरु भित्र छुट्टाछुट्टै छलफलमा जुट्दा बाहिर नेविसंघका कार्यकर्ताले नाराबाजी समेत गरेका थिए ।
यसअघि शनिबार पनि नेविसंघका कार्यकर्ताले तत्काल महाधिवेशनको सुनिश्चितताको माग पार्टी कार्यालय परिसरमा प्रदर्शन गरेका थिए । सो क्रममा कार्यकर्ताहरुले पार्टी सभापति देउवालगायतका नेतृत्वलाई घेराबन्दीमा समेत पारेका थिए ।