अमेरिकाबाट संचालित अनलाइन पत्रिका
काठमाडौं: ०७:१२ | Colorodo: 19:27

खराब आचरणका प्रहरीलाई कारवाही गर्छु – प्रहरी महानिरीक्षक खनाल

बिआरटीनेपाल २०७५ कार्तिक २९ गते ७:३० मा प्रकाशित

नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी सङ्गठनभित्र केही खराब आचरण भएका प्रहरीलाई तत्काल कारवाही गर्ने बताउनुभएको छ । काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीमा अस्थायी प्रहरी बिटको उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले समाजमा केही खराब मान्छले प्रहरीलाई कमजोर बनाई विभिन्न आपराधिक गतिविधिमा संलग्न हुनका लागि हल्ला फैलाएको उल्लेख गर्दै प्रहरीलाई आफुले कुनै पनि हालतमा सुधार्ने प्रतिवद्धता जनाउनुभयो ।

खनालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचैन कायम गर्न ल्याइएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । संगठनभित्रका दुईचारजना खराब अधिकारीहरुको कारण नेपाल प्रहरी कहिलेकाँही वदनाम हुने गरेको स्विकार गर्दै महानिरिक्षक खनालले जनताको तहबाट सूचना पाए ती अधिकारीलाई ठाउँको ठाउँ कारवाही गर्ने बताउनुभयो । एक फरक प्रसंगमा खनालले निर्मला पन्त हत्याकाण्डमा प्रहरीले धेरै तहमा टोली खटाएकोले अपराधी जसरी पनि पत्ता लगाउने दाबी गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित सामग्रीहरू